Powered by Blogger.
विश्व बातावरण दिवसको अवसरमा बृक्षारोपण



सिन्धुली, २३ जेठ । हाम्रो जिवजन्तु हाम्रो वातावरण र बन, संरक्षण गरौं लगाई तन, मन र धन भन्ने मुल नाराका साथ आइतबार मनाइएको विश्व वातावरण दिवसको अवसरमा जिल्ला बन कार्यालय सिन्धुलीले कार्यालय परीसरमा बृक्षारोपण गरेको छ ।
कार्यालयले दिवसको अवसरमा सर्वसाधारणहरुलाई सन्देश प्रदान गर्नका लागी बृक्षारोपणको कार्यक्रम राखेको जनाएको छ । बृक्षारोपण कार्यक्रममा सहभागी हुँदै प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले सिन्धुली बनजंगलको धनी जिल्ला भएपनि त्यसको उचित संरक्षण र विकासमा भने  ध्यान नपुगेको बताए । बनमा हुने अबैद्य चोरी निकासी नियन्त्रण र आगलागी नियन्त्रका लागी सवैपक्षले विशेष ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।
बृक्षारोपण कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्याम कुमार सारु, जिल्ला बन कार्यालय प्रमुख नविन गीरी, राजनैतिक पार्टीका प्रतिनिधी, सामुदायीक बन उपभोक्ता महासंघका अध्यक्ष तथा विभिन्न् कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । दिवसको अवसरमा कार्यालय कम्पाउन्ड बाहिर झण्डै एक सयँको संख्यामा अशोकाको विरुवा रोपेको छ भने जिल्लाका मातहतमा रहेका कार्यालय मार्फत स्थानीयहरुमा बातावरणलाई संरक्षण गर्न तन मन र धन खर्च गरेर सहयोग गर्न आग्रह गरिएको कार्यालय प्रमुख नविन गीरीले बताए ।


0 comments

Write Down Your Responses