रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHFWq3hErfSeCjz9oNM1hlUTU4b5mKxdwfjboFLcmxxKAqxvGg9_SAQxHuMlb1lPfKj_2oXyXlJzpSg5b1xYOO92xM5Q0WqkmTQc-ZoPokn7B9LVhyofXrPIxIQYKHAnxjJxpU7Imm0RY/s1600/bijayakilla+add.jpg)
नबिनबाबु अधिकारी
सिन्धुली, असार २६ । सिन्धुलीका अधिकांश खेती योग्य जमिनमा रासायिनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकहरुले रासायिनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले विभिन्न ५ स्थानमा घुम्ति माटो परिक्षण ल्याव बाट माटो परिक्षण गरेको थियो । माटो परिक्षणबाट सिन्धुलीको दुधौलीमा सवै भन्दा बढी माटोमा अम्लिय भएको र कपिलाकोट लगाएत अन्य स्थानमा पनि माटोमा अम्लिय पना रहेको पाईएको कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिनुभयो ।
माटोमा अम्लियपन हटाई तटस्थ माटो बनाउन अम्लिय माटोमा प्रति कठ्ठा ८० देखी ९० केजि कृषि चुनको प्रयोग गर्न सकिने भएपनि प्रति कठ्ठा २ सय ५० केजि कृषि चुन सिफारिस गरिएको मण्डलले बताउनुभयो । यसरी सिफारीस गरिएको चुन दुई÷तीन पटक गरेर प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । माटो परिक्षणमा १४ पिएचमान सम्म परिक्षण हुने र ६.५ भन्दा कमी पिएचमान आएको माटोमा अम्लियपना हुने र ७.५ भन्दा बढी पिएचमान आएमा उक्त माटोमा छारिय हुने कृषि प्रसार अधिकृत मण्डलको भनाई छ ।
अम्लिय वा छारिय दुवै भएको माटोमा उब्जनी कमी हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने कार्यालयले जनाएको छ । सिन्धुलीमा यस बर्ष जिल्ला कृषि विकास कार्यालयले दुधौली, कपिलाकोट, दुम्जा र झगाझोलीमा २ पटक माटो परिक्षण शिविर सञ्चालन गरेको थियो । जिल्लामा माटो परिक्षण गर्ने उपकरण नभएकाले माटो व्यवस्थापन निर्देशनालय घुम्ति माटो परिक्षण ल्याव ल्यायर माटो परिक्षण गरेको छ । परिक्षण पछि सवै भन्दा बढी सिन्धुलीको दुधौलीमा र कपिलाकोटमा माटोमा अम्लिय पाईएको छ । माटोमा अम्लिय भएको पाईएपछि कृषकलाई निःशुल्क २४ टन कृषि चुन कृषि विकास कार्यालय सिन्धुलीले वितरण गरेको जनाएको छ ।
माटो परिक्षण गर्दा महाभारत क्षेत्रको माटोमा अम्लिय नपाईएको र उत्पादनका हिसावले पकेटक्षेत्र मानिएको दुधौली, कमलाखोच र मरिण क्षेत्रमा भने माटोमा अम्लिय भएको पाईएको छ । कृषकले रासायिनिक मलको बढि प्रयोग गर्नु तथा सन्तुलीत मात्रामा प्रयोग नगर्नु नै माटोमा अम्लिय हुने मुख्य कारण रहेको भन्दै जथाभावि रासायिनिक मलको प्रयोग नगर्न कार्यालयले किसानलाई आग्रह गरेको छ ।
माटोमा अम्लियबढी रहेमा उत्पादन राम्रो नहुने, उन्नत जातको विऊ विजन, मलखाद सिंचाई लगाएत अन्य कृषिकर्म गरेपनि राम्रो उत्पादन नभएमा माटो परिक्षण गर्न कृषि विकास कार्यालय सिन्धुलीको कृषकलाई आग्रह छ । माटो परिक्षण गर्न नसक्ने ग्रामिण क्षेत्रका किसानले माटोमा अम्लिय भएको संका लागेमा प्रति कठ्ठा १० केजि कृषि चुन प्रयोग गर्न सक्ने कार्यालयले जनाएको छ । किसानले कृषिचुन प्रयोग गर्दा कृषि चुन छर्ने र जमिन जोत्नु पर्ने हुन्छ । यसरी कृषिचुन प्रयोग गरी जोतेको जग्गामा एक महिना सम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार÷पाँच बर्षमा माटो परिक्षण गरी कृषि चुन प्रयोग गर्नु पर्ने कार्यालयको किसानलाई सल्लाह रहेको छ ।
किसानले जिल्लामा माटो परिक्षण ल्याव नहुदा घुम्ति शिविरबाट पाँच स्थानमा माटो परिक्षण शिविर गरेको भन्दै कृषकको सुविधालाई मध्य नजर गर्दै जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले साउन–भदौबाट हप्तामा एक दिन माटो परिक्षण गर्ने जनाएको छ । नेपाल सरकारको सहयोगमा माटो परिक्षण गर्ने उपकरण आई सकेकाले ल्याव बनाएर माटो परिक्षण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । कृषकले माटो परिक्षणकालागि माटोको नमुना ल्याउदा खेतको प्रतिनिधित्व हुने गरी ६ स्थानबाट भि आकारमा काटेर जमिनदेखी २५ सेन्टिमिटर गहिराइ सम्मको माटो ल्याउनुपर्ने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । माटो परिक्षण बाट अम्लिय, छारिय, तटस्थ माटोको अवस्थाबारे जानकारी हुने र यो संगै नाईट्रोजन, पोटास र फसफोरसको पनि परिक्षण हुने भएकाले माटो परिक्षण नगराएका कृषकलाई माटो परिक्षण गर्न आग्रह पनि गरेको छ । जिल्लाको महाभारत क्षेत्रमा अझै प्राङ्गारिक मलको प्रयोग गर्दै आएपनि अन्य स्थानमा प्राङ्गारिक मलको प्रयोग नभई रासायिनिक मलको मात्र प्रयोग हुदा माटोमा अम्लिय भएको भन्दै कृषि प्राविधिकको सल्लाहमा रासायिनिक मलको प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । कृषि चुनको प्रयोगले पनि माटोमा अम्लिय नहटेमा माटो नै कटान गरी फाल्नु पर्ने कृषि प्राविधिकहरुले बताएका छन् । यस अघी सिन्धुलीमा १ सय वटा नमुना संकलन पछि मात्र माटो परिक्षण शिविर चल्लने गरेको थियो भने अव जिल्ला मै माटो परिक्षण कृषकले चाहेको समयमा माटो परिक्षण गर्न पाउने भएका छन् ।
0 comments
Write Down Your Responses