Powered by Blogger.
प्रहरी छबिको अभिबृद्धि गर्न ‘प्रहरी मेरो साथी’ कार्यक्रम

बुद्धकुमार आछामी 
सिन्धुली, २७ असार । नेपाल प्रहरीले समाजमा प्रहरी मेरो साथी हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपाल प्रहरीको छविमा अभिबृद्धि गर्न आज देशभरीका जिल्ला प्रहरी कार्यालय मार्फत ‘प्रहरी मेरो साथी’ कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पनि एक समारोह बीच आज कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमको बारेमा नागरीकहरुलाई जानकारी गराएको छ । 
सिन्धुलीमाढीमा कार्यक्रमको उदघाटन गर्दै जिल्ला अदालतका माननीय न्यायधीस भोलानाथ चौलागाईले जनमुखी र पारदर्शि क्रियाकलापले मात्र प्रहरीले जनविश्वास जित्न सक्ने बताउँदै समाजका सवैपक्षसँग सकारात्मक सहयोग र सहकार्य गरेर प्रहरीले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताएका छन । 
न्यायधीस चौलागाईले भने, ‘प्रहरीको हिजोको व्यवाहारले आज चल्दैन, जनता धेरै अगाडि बढीसकेका छन, अव प्रहरी ब्यवाहारमा परिवर्तन गर्न जरुरी छ ।’ प्रहरी मेरो साथी कार्यक्रमले प्रहरीको व्यबाहार परिवर्तन ल्याउँदै जनमुखी बनाउन महत्वपूर्ण भुमीका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । 
प्रविधिको विकास सँगै प्रहरीको जिम्मेवारी र चुनौति थपिएको बताउँदै न्यायधीस चौलागाईले समाजमा घट्ना घट्न नदिनु, कानुनको कार्यान्वयन गर्नु र कानुनको उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको र त्यसको लागी यो कार्यक्रमले सहयोग पुरयाउने बताए । 
उदघाटन समारोहमा कार्यक्रमको बारेमा जानकारी दिर्दै प्रहरी उपरीक्षक उमासंकर पंजीयारले प्रहरीको कार्यक्षेत्र समाज भएकाले समाजको सुरक्षा र र सेवा गर्नु प्रहरीको प्राथामिक, सामाजिक, नैतिक र कानुनी दायीत्व रहेको बताए । 
पंजीयारले भने, ‘नेपाल प्रहरीको रणनैतिक कार्ययोजना अन्र्तगत सामुदायीक प्रहरी र मुस्कान सहितको प्रहरी अवधारणा अनुरुप प्रहरी र नागरीक बीचको सम्बन्धलाई नयाँ आयामको रुपमा विकास गर्दै प्रहरी मेरो साथी कार्यक्रम सुरु गरिएको हो ।’ कार्यक्रमले प्रहरी र नागरीक बीचको सम्बन्धलाई अझ सुमुधुर बनाउने र समाजमा हुने अपराधको न्यूनिकरणमा सहयोग पुग्ने बताए । 
पंजीयारले भने, ‘प्रहरी मेरो साथी कार्यक्रमले प्रहरीलाई आफ्नो कर्तव्य, पेशा र व्यवसायमा अझै नागरीक केन्द्रित, दक्ष र उत्तरदायी बनाउँदै लैजाने छ ।’ सिन्धुलीमा समुदायको सहयोगमा ठुला ठुला कामहरु गरेको स्मरण गर्दै आउँदा दिनहरुमा अझ वढी सहयोग र सम्बन्ध जरुरी रहेकोमा उनले जोड दिए । 
प्रहरीका नागरीक समुदाय केन्द्रित सवै कार्यक्रम तथा क्रियाकलापलाई एउँटै अवधारणामा आबद्ध गर्नका सथौ प्रहरीलाई नागरीक मैत्री बनाई समाजमा हुने अपराध न्यूनिकरण गर्न उक्त कार्यक्रम सुरु गरिएको जनाइएको छ । कार्यक्रम अन्र्तगत देशभर प्रहरी साथीहरुको सञ्जाल निर्माण गरी सम्पर्क र सहकार्य गर्दै अपराधको प्रभावकारी रोकथाम र नियन्त्रण गर्नुका साथै प्रहरी र समुदायमा संस्थागत विकास गर्दै लैजान प्रहरी उपरीक्षक पंजीयारले जानकारी दिए । 
देशमा लोकतन्त्र बाहाली सँगै नेपाल प्रहरीमा आएको परिवर्तन र प्रहरीले नागरीक मैत्री हुन सुरु गरेको कार्यक्रमले नागरीक समाज प्रहरी संगठन प्रति सकारात्मक धारणाको विकास गर्दै लगेको छ भने राजनैतिक अस्थिरताका कारण प्रहरी सेवा माथि हुने राजनैतिक हस्तक्षेपले प्रहरी सेवा माथि अविश्वास समेत पैदा गर्दै लगेको छ । राजनैतिक हस्तक्षेपबाट जोगिदै प्रहरी संगठन मायाँले होइन न्यायले चल्छ भन्ने मान्यतालाई स्थापित गराउदै नागरीकको मन जित्नु प्रहरी चुनौति रहेको नागरीक अगुवाहरु बताउछन । 


, ,

0 comments

Write Down Your Responses