भिमेश्वर गाविस खुल्ला दिशामुक्त घोषणा
सिन्धुली, २९ असार । सन २०१६ भित्र सवै मिलिजुली, खुल्ला दिशामुक्त जिल्ला बनाऔं सिन्धुली भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्र्तगत आज जिल्लाको भिमेश्वर गाविसलाई खुल्ला दिशामुक्त गाविसको रुपमा घोषणा गरिएको छ ।
कुल ५ सय १ घरधुरी रहेको उक्त गाविसमा व्यक्तिगत, सामुहिक, सार्वजनिक सहित ५ सय ८ चर्पि निर्माण भएपछि खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो ।
खुल्ला दिशामुक्त गाविस घोषणाको लागी प्लान इन्टरनेशनल नेपाल र ग्रामीण महिला चेतना केन्द्रले सहयोग गरेका थिए । भिमेश्वर गाविस खुल्ला दिशामुक्त गाविस घोषणा पछि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गाविसको संख्या ४१ पुगेको छ ।
गाविस सचिब लक्ष्मी देवकोटाको अध्यक्षतामा भएको घोषणा सभामा स्थानीय विकास अधिकारी इश्वर कुमार गीरी, नेपाली काग्रेसका नेता सरद आचार्य, नेकपा(एमाले)का नेता केशव देवकोटा, जिल्ला अध्यक्ष प्रदिप कट्वाल, नेकपा(माओवादी) केन्द्रका जिल्ला अध्यक्ष राजन दाहाल, जिल्ला शिक्षा अधिकारी बद्रि पाठक, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहन शाक्य लगायतको उपस्थिती रहेको थियो ।
0 comments
Write Down Your Responses