Powered by Blogger.
दलित समुदायलाई नेतृत्व विकास तालिम

सिन्धुली, ३० असार । कमलामाई नगरपालिका कार्यालयले दलित लक्षित कार्यक्रम अन्र्तगत नगरपालिका क्षेत्रका दलित समुदायलाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेको छ । 
कार्यालयको आर्थिक वर्ष २०७२÷०७३ को दलित लक्षित कार्यक्रम अन्र्तगत नगरक्षेत्रका दलित युवा युवतीहरुलाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्न लागिएको हो । बिहिबार एक समारोह वीच २ दिने तालिमको उदघाटन गरिएको छ । 
कमलामाई नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत बिनोदबावु खकुरालको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेपाली काग्रेसका जनक तोलाङ्गे, नेकपा(एमाले)का विनोद खड्का, नेकपा(माओवादी) केन्द्रका यमकुमार देवकोटा, राप्रपाका शुक्र विशंके, राप्रपा नेपालका मकर बहादुर कार्की, नेकपा(क्रान्तिकारी माओवादी)का हरी बस्नेत, पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए । 
तालिमलाई दलित सेवा संघ सिन्धुलीका अध्यक्ष गणेश रत्न र पुर्व अध्यक्ष निर्मल रम्तेलले सहजीकरण गर्ने जनाइएको छ । तालिममा नगरपालिका क्षेत्रका झण्डै ३० जना दलित युवा युवतीहरुको सहभागीता रहेको जनाइएको छ । 


0 comments

Write Down Your Responses