Powered by Blogger.
सिन्धुलीमा कुल बजेटको ७२.२ प्रतिशत खर्च

१ अर्ब २१ करोड भन्दा बढी बजेट फ्रिज 

बुद कुमार अाछामी
सिन्धुली, १ श्रावण । कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/०७३ मा कुल बजेटको ७२.२ प्रतिशत रकम खर्च भएको छ । 
जिल्लाको कुल बजेट रु ४ अर्ब ६३ करोड ६६ लाख ९१ हजार २ सय ७१ रुपैया ९२ पैसा रहेकोमा रु ३ अर्ब ३४ करोड ७६ लाख ५३ हजार ४६० रुपैयाँ ३७ पैसा खर्च भएको हो । कुल बजेटको रु १ अर्ब २८ करोड ९० लाख ३७ हजार ८११ रुपैयाँ फ्रिज भएको छ । 
चालु तर्फ रु.३ अर्ब ७१ करोड ३८ लाख ५३ हजार १३ रुपैयाँ ९२ पैसा रहेकोमा रु. २ अर्ब ७४ करोड ९७ लाख ८१ हजार ३६७ रुपैयाँ २३ पैसा खर्च भएको छ भने ९६ करोड ४० लाख ७१ हजार ६४६ रुपैयाँ फ्रिज भएको छ । चालु बजेटको ७४.०४ प्रतिशत रकम खर्च भएको छ । 
त्यस्तै पुँजीगत तर्फ रु. ९२ करोड २८ लाख ३८ हजार २५८ रुपैयाँ रहेकोमा रु.५९ करोड ७८ लाख ७२ हजार ९३ रुपैयाँ १४ पैसा खर्च भएको छ भने ३२ करोड ४९ लाख ६६ हजार १६५ रुपैयाँ फ्रिज भएको छ । पुँजीगत बजेटको ६४.७९ प्रतिशत रकम खर्च भएको छ । 
बिनासकारी भुकम्प र भारतको अघोषित नाकाबन्दीका कारण बजेट कार्यान्वयनमा समस्या आउँदा जिल्लाका विकास आयोजनाहरु प्रभावित बनेका थिए । जस्ले गर्दा पुँजीगत तर्फको ३२ करोड भन्दा बढी रकम फ्रिज हुन पुगेको छ भने नाकाबन्दीका कारण विकास आयोजना प्रभावित हुँदा असार अन्तिममा आएर भएका विकासका गतिविधी खासै उपलब्धीमुलक बन्न सकेको छैन । 
विभिन्न् बाधा व्यवधानका बावजुत पनि समग्र बजेटको ७२.२ प्रतिशत र पुँजीगत तर्फको ६४.७९ प्रतिशत बजेट खर्च हुनु सन्तोषजनक नै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका कोष नियन्त्रक सुरेश प्रसाद दाहाल बताउछन । 
त्यस्तै कोलेनिकाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/७३ मा जिल्लाका विभिन्न् कार्यालयहरुको तर्फबाट संकलित राजश्व रु.१८ करोड २७ लाख २५ हजार ५७१ रुपैयाँ रहेको बताइएको छ । 


, ,

0 comments

Write Down Your Responses