Powered by Blogger.
करेन्ट लागेर एक कृषकको मृत्यू



सिन्धुली, १ श्रावण । जिल्लाको रानिचुरी गाविस वडा नं.४ किर्नेटारका ६० वर्षिय कृषक सुवास सिंह स्याङतानको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
सनिबार बिहान आफ्नो खेतमा काम गर्न पुगेका स्याङतानको विधुत तार झोलिएर रहेको ठाउँमा छुन पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी बेलघारी स्वास्थ्य चौकीमा राखिएको र पोष्टमार्टम पछि परीवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक लाल सर्वश्री बहादुर सिंहले जानकारी दिए । 
विद्युत प्राधिरण सिन्धुलीले विस्तार गरेको पोल तथा तार व्यवस्थित नगर्दा उनको ज्यान गएको स्थानीयहरुले बताएका छन । 




0 comments

Write Down Your Responses