Powered by Blogger.
सिन्धुलीमा सवारी कार्वाही र राजश्व संकलन दर पाँच वर्षकै उच्च

शिवनगर चेकपाेष्टमा खटिएका ट्राफ्रिक प्रहरी । फाेटाेः bijayakilla.com
बुद्धकुमार आछामी 
सिन्धुली, २ श्रावण । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७२/०७३ मा विगत पाँच वर्षकै उच्च सवारी कार्वाही र राजश्व संकलन गरेको छ । 
गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार ६ सय सवारीहरुको कार्वाहीबाट ९३ लाख २७ हजार ६ सय राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख बद्रि प्रसाद पुडासैनीले जानकारी दिए । सवारी कार्वाही र राजश्व संकलन पछिल्लो ५ वर्षको तुलना गत वर्ष धेरै माथि रहेको छ । कार्यालयको तथ्याकं अनुसार आर्थिक वर्ष ०६७/०६८ मा १ हजार ३ सय ६२ सवारी कार्वाहीबाट १ लाख ४० हजार २ सय २५, आव ०६८/०६९ मा २ हजार १ सय ८७ सवारी कार्वाहीबाट २ लाख ६१ हजार ४ सय ५० रुपैयाँ राजश्व संकलन भएको थियो । 
पन्चवर्षिय सवारी कार्वाही र राजश्व विवरण । श्राेत जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय 
त्यस्तै आव ०६९/०७० मा ३ हजार २ सय ८८ सवारी कार्वाहीबाट ५ लाख २९ हजार ९ सय, आव २०७०/७१ मा ५ हजार ६ सय २७ सवारी कार्वाहीबाट १३ लाख ७४ हजार ९ सय र  ०७१/०७२ मा १५ हजार १ सय ९२ सवारी कार्वाहीबाट ५४ लाख ३४ हजार ९ सय राजश्व संकलन गरिएको थियो । 
वीपी राजमार्गमा सवारी चापको बृद्धि सँगै ट्राफिक नियम उल्लंघन गर्नेको सख्यामा पनि बृद्धि हुँदै गएको र ट्राफिक प्रहरीको कडा निगरानीका कारण सवारी कार्वाही संख्या र राजश्वमा बृद्धि भएको कार्यालयले बताएको छ । 


, ,

0 comments

Write Down Your Responses