Powered by Blogger.
‘टाइम कार्ड’ प्रयोगले तिब्र गतिका कारण हुने दुर्घटना शुन्य

बुद्धकुमार आछामी 
सिन्धुली, २ श्रावण । राजधानी काठमाडौंलाई पुवी नेपालसँग जोड्ने वीपी राजमार्ग अन्तरगत सिन्धुली खण्ड्को ९५ किलोमिटर सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘टाइम कार्ड’ लागु गरेको सनिबार एक महिना बितेको छ । 
टाईम कार्डले दुर्घटना न्यूनिकरण मात्र होइन  एक महिनाको अवधीमा तिब्र गतिका कारण हुने दुर्घटना शुन्यमै झरेकाे छ । दुर्घटना शुन्य गर्न र मानवीय क्षति राेक्न  टाइम कार्ड प्रभावकारी बनेको सवारी व्यवस्थापनको लागी अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी,  सवारी चालक र स्थानीय सर्वसाधारण समेत बताउछन । 
आइतबार ट्राफिक प्रहरी पोष्ट शिवनगरमा आफ्नो टाइम कार्ड इन्ट्री गराउँदै गरेका बा ३ ख ९७८८ नम्बरको सप्तकोशी यातायात प्रा.लि.ले सञ्चालन गरेकाे हायसका चालक श्याम श्रेष्ठले भने, ‘टाइम कार्डले हामी चालकहरुलाई पनि सचेत र सुरक्षित गराएको छ, आफ्नै सुरक्षा हुने भएकाले हामीले यो नियम पूर्ण रुपमा पालना गरेका छौं, राम्राे लागेकाे छ।’ सडक सुरक्षाका लागी टाइम कार्ड प्रभावकारी भएको र पहिलेको जस्तो सवारी साधन कुदाउँन हुने प्रतिसप्रर्धा रोकिएको उनले बताए ।
अर्का इन्द्रेणी यातायातद्धारा सञ्चालित बा ४ ख ८१२ नम्बरको हायसका चालक मंकर श्रेष्ठले पनि टाइम कार्डले यात्री, चालक र प्रहरी सवैलाई सहयोग पुरयाएको बताए । कार्डको प्रयोगमा केहि सवारी साधनले हेलचेक्राई गरेकोले त्यसलाई कडाई पुर्वक कार्यान्वयन गराउन सवै लाग्नु पर्ने पनि श्रेष्ठकाे भनार्इ छ । 
पूर्व धरानदेखी तराईका जिल्लाबाट राजधानी काठमाण्डौं भित्रने र बाहिरीने छोटो दुुरीका रुपमा रहेको विपी राजमार्गमा अत्याधिक सवारी साधनको चाप बढेपछि दैनिक एक दर्जन सम्म सडक दुर्घट्ना हुने गरेका थिए । तर असार १ गते देखी श्रावण १ गते सम्म वीपी राजमार्गको यो खण्डमा ३ वटा मात्र सवारी दुर्घटना भएका छन । जुन सवारी दुर्घटनाकाे कारण तिव्र गति नभएको ट्राफिक प्रहरीको भनाई छ । 
यहि एक महिनाको वीचमा तिब्र गतिमा सवारी चलाउनेहरुलाई प्रहरीले कार्वाही समेत गरेको छ । १ महिनामा तिब्र गतिमा चलाउने ५० वटा सवारी साधनलाई कार्वाही गरी २५ हजार राजश्व संकलन गरिएको समेत ट्राफिक प्रहरी कार्यालयले बताएको छ । 
टाईम कार्डको व्यवस्था सुरु भएपछि चालकहरु समय र सडक प्रति जिम्मेवार बनेर सवारी साधन चलाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज बद्रि प्रसाद पुडासैनी बताउछन । उनी भन्छन, ‘टाइम कार्ड प्रत्येक चालक र सवारी साधनका लागी ट्राफिक प्रहरी जस्तै बनेको छ, जस्का कारण सवारी दुर्घटना शुन्य जस्तै बन्न पुगेको हो ।’ मानशिक रुपमै चालकमा गति सिमित गर्नुपर्छ भन्ने चेतना टाइम कार्ड ले बनार्इ दिएकाले नियम प्रभावकारी बन्दै गएको उनको भनाई छ ।
एक महिनाको बीचमा वीपी राजमार्गको सिन्धुली खण्ड भएर गुड्ने ३ हजार सवारी साधनले टाइमकार्ड प्रयोग गरेको इन्चार्ज पुडासैनीले बताए । अति आवश्यकीय सवारी साधन बाहेक अन्य सवारीलाई अनिवार्य टाइम कार्ड लागु गएको छ ।
टाइम कार्डको प्रयोगले सवारी दुर्घटना न्यूनिकरण हुनु सकारात्मक पक्ष भएपनि यसको प्रभावकारी कार्यान्वयनका लागी सम्बन्धीत निकायले अझ ध्यान दिनुपर्ने आवश्यक्ता रहेको स्थानीय चिरन्जीवी दाहाल बताउछन । 
उनि भन्छन, दुर्घटना न्यूनिकरणमा टाइम कार्ड प्रभावकारी देखिएकाे छ, यसलार्इ अझ व्यवस्थित बनाउन ट्राफिक प्रहरीले अाफ्नाे सक्रियतालार्इ बढाउनु पर्छ । सक्रियता बढाउन सकेमा अझ प्रभावकारी बनाउन सकिने उनकाे भनार्इ छ । 
ट्राफिक प्रहरीकाे रेकर्ड अनुसार गत  आर्थिक वर्षमा ३६ सवारी दुर्घटनामा १९ को मृत्यू, २४ सक्त घाईते र २७ सामान्य घाईते भएका छन । टाइम कार्डकाे प्रयाेगले चालु अार्थिक वर्षमा याे संख्या घट्ने अपेक्षा गरिएकाे छ । 



,

0 comments

Write Down Your Responses