Powered by Blogger.
रासायनिक मलको प्रयोगले माटोमा अम्लीयपन बढ्दै

सिन्धुली ६, साउन । सिन्धुलीका अधिकांश खेती योग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । कृषकहरुले उत्पादन बृद्धि गर्नका लागी आफ्नो जमिनमा रासायनिक मल प्रयोग बढी मात्रमा प्रयोग गर्दा माटोमा अम्लियपन बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ५ स्थानमा हालै मात्र गरेको माटो परीक्षण घुम्ती प्रयोगशालाबाट यस्तो तथ्य खुलेको हो । माटो परिक्षणबाट जिल्लाको दुधौली नगरपालिका क्षेत्रको माटोमा सवै भन्दा बढी अम्लीयपन भएको साथै कपिलाकोट लगायत अन्य स्थानमा पनि माटोमा अम्लियपन रहेको पाईएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिए ।
‘माटो परिक्षणमा १४ पिएचमान सम्म परिक्षण हुने र ६.५ भन्दा कमी पिएचमान आएको माटोमा अम्लियपन हुने र ७.५ भन्दा बढी पिएचमान आएमा उक्त माटोमा छारिय हुन्छ । जिल्लाका धेरै जसो स्थानका माटोमा अम्लीयपन भएको पाइयो,’ मण्डलले भने । 
यसरी जिल्लामा कृषि योग्य जमिनको माटोमा अम्लीयपन भेटीएपछि कृषी उत्पादनमा पनि कमी आउने छ । ‘अम्लिय वा छारिय दुवै भएको माटोमा उब्जनी कमी हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने गर्दछ, मण्डलले भने, जिल्लामा अम्लीयपन बढ्दै जाँदा उत्पानमा पनि हस आएको छ ।’
सिन्धुलीमा यस बर्ष जिल्ला कृषि विकास कार्यालयले दुधौली, कपिलाकोट, दुम्जा र झागाँझोलीमा २ पटक माटो परिक्षण शिविर सञ्चालन गरेको थियो । यी कृषी उत्पादनका दृष्टिले जिल्लाका पकेट क्षेत्र हुन् ।
माटोमा अम्लियपन हटाई तटस्थ माटो बनाउन अम्लिय माटोमा प्रति कठ्ठा ८० देखी ९० केजि कृषि चुनको प्रयोग गर्न सकिने भएपनि प्रति कठ्ठा २ सय ५० केजि कृषि चुन सिफारिस गरिएको मण्डलले बताए । यसरी सिफारीस गरिएको चुन दुई÷तीन पटक प्रयोग गर्नुपर्ने उनको भनाई छ । जिल्लामा माटो परिक्षण गर्ने उपकरण नभएकाले माटो व्यवस्थापन निर्देशनालयले घुम्ती माटो परिक्षण ल्याव ल्यायर माटो परिक्षण गरेको छ । तर जिल्लाका पहाडी क्षेत्रमा भने अम्लीयपन नभेटीएको बताइएको छ ।
माटोमा अम्लियपन भएको पाईएपछि कृषि विकास कार्यालयले कृषकलाई निःशुल्क २४ टन कृषि चुन वितरण गरेको जनाएको छ ।
कृषकले रासायिनिक मलको बढि प्रयोग गर्नु तथा सन्तुलीत मात्रामा प्रयोग नगर्नु नै माटोमा अम्लिय हुने मुख्य कारण रहेको भन्दै जथाभावि रासायिनिक मलको प्रयोग नगर्न कार्यालयले किसानलाई आग्रह समेत गरेको छ ।
माटोमा अम्लियपन बढी रहेमा उत्पादन राम्रो नहुने, उन्नत जातको विऊ विजन, मलखाद सिंचाई लगाएत अन्य कृषिकर्म गरेपनि राम्रो उत्पादन नभएमा माटो परिक्षण गर्न कृषि विकास कार्यालय सिन्धुलीको कृषकलाई आग्रह छ । माटो परिक्षण गर्न नसक्ने ग्रामिण क्षेत्रका किसानले माटोमा अम्लिय भएको संका लागेमा प्रति कठ्ठा १० केजि कृषि चुन प्रयोग गर्न सक्ने कार्यालयले जनाएको छ । किसानले कृषिचुन प्रयोग गर्दा कृषि चुन छर्ने र जमिन जोत्नु पर्ने हुन्छ । यसरी कृषिचुन प्रयोग गरी जोतेको जग्गामा एक महिना सम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार÷पाँच बर्षमा माटो परिक्षण गरी कृषि चुन प्रयोग गर्नु पर्ने कार्यालयको किसानलाई सल्लाह रहेको छ ।
किसानले जिल्लामा माटो परिक्षण ल्याव नहुदा घुम्ति शिविरबाट पाँच स्थानमा माटो परिक्षण शिविर गरेको भन्दै कृषकको सुविधालाई मध्य नजर गर्दै जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले साउन–भदौबाट हप्तामा एक दिन माटो परिक्षण गर्ने जनाएको छ । नेपाल सरकारको सहयोगमा माटो परिक्षण गर्ने उपकरण आई सकेकाले ल्याव बनाएर माटो परिक्षण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । कृषकले माटो परिक्षणकालागि माटोको नमुना ल्याउदा खेतको प्रतिनिधित्व हुने गरी ६ स्थानबाट भि आकारमा काटेर जमिनदेखी २५ सेन्टिमिटर गहिराइ सम्मको माटो ल्याउनुपर्ने हुन्छ । माटो परिक्षण बाट अम्लिय, छारिय, तटस्थ माटोको अवस्थाबारे जानकारी हुने र यो संगै नाईट्रोजन, पोटास र फसफोरसको पनि परिक्षण हुने भएकाले माटो परिक्षण नगराएका कृषकलाई माटो परिक्षण गर्न आग्रह पनि गरेको छ । 
नोट ः माटो परिक्षण हुँदै । 


0 comments

Write Down Your Responses