Powered by Blogger.
सिन्धुलीको हरिहरपुरगढीमा हावाबाट बिजुली निकाल्ने तयारी

महादेवडाँडामा हावाकाे गति मापनका लागी राखिएकाे परीक्षण टावर । 


सिन्धुली, ६ श्रावण । बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले केहि समय अगाडि एक सार्वजनिक समारोहमा हावाबाट बिजुली निकाल्ने र नेपाल र नेपालीहरुलाई उज्यालो दिने बताइरहदा धेरै मानिसहरु हावाबाट विजुलीको सन्दर्भमा सकारात्मक र नकारात्मक टिका टिप्पणीहरु भएका थिए । धेरैले प्रधानमन्त्रीको हावाबाट विजुली निकाल्ने कुरालाई हावामै उडाएका थिए । 
हावाबाट विजुली निकाल्ने कुरा सिन्धुलीबासीले भने अब अचम्म मान्नु पर्दैन किनकी हावाबाटै निस्कीएको विजुली जिल्लाबासीहरुले प्रयोग गर्न पाउने भएका छन । जिल्ला सदरमुकाम माढीबजारबाट पश्चीम हरिहरपुरगढी गाविस–८ मा वैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको अगुवाईमा हावाबाट विजुली निकाल्ने तयारी सुरु भइसकेको छ । 
केन्द्रले उक्त स्थानमा १ वर्ष लगाएर हावाको गति मापन पछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको थियो । अध्यन पछि चालु आर्थिक वर्षमा काम सुरु गर्नका लागी वैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र, जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्ता समिति बीच त्रीपक्षीय सम्झौता भइसकेको जिल्ला विकास समिति अन्र्तगत उर्जा तथा वातावरण शाखाका प्रमुख संदीप उपाध्यायले जानकारी दिए । 
शाखा प्रमुख उपाध्यायले भने, ‘एशीयाली विकास वैंकको आर्थिक सहयोगमा वैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको ९० प्रतिशत र उपभोक्ताहरुको १० प्रतिशत सहित कुल २ करोड ५ लाख ५५ हजार रुपैयाँमा कार्य सम्पनन् हुने छ ।’ हावाबाट उत्पादन हुने विजुलीबाट उक्त गाविसका ८३ घरधुरी लाभान्वीत हुने जिविस सिन्धुलीले बताएको छ । 
उता हावाबाट विजुली निकाल्ने काम सुरु हुने भएपछि स्थानीयहरु निक्कै खुसी भएका छन । हरिहरपुरगढीका स्थानीय श्याम तामाङ्ग भन्छन, ‘हावाबाट विजुली निकाल्न सकिन्छ भन्ने कुरा सुनेका थियौं तर अब आफ्नै गाउँमा चाडै बिजुली उत्पादन हुने भयो ।’ हावाबाट विजुली निकाल्ने कुरा सुन्दा गाउँलेहरुले सुरु–सुरुमा विश्वास नगरेको भएपनि अहिले भने खुसी हुन थालेको तामाङ्ग बताउछन । 
हरिहरपुरगढी गाविसमा यसै वर्ष काम सुरु हुँदैछ भने जिल्लाको महादेवडाडाँ–३ मा पनि वैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले हावा मापन यन्त्र राखेर हावाको गति नाप्ने काम गरिरहेको छ । अध्यन पछि उक्त स्थानबाट पनि बिजुली निकाल्ने कार्य सुरु गरिने जिविस सिन्धुलीले बताएको छ । 




, ,

0 comments

Write Down Your Responses