Powered by Blogger.
४५ घर आगलागी पिडितको अस्थायी टहरो निर्माण


राजन गाउँले
सिन्धुली ६, साउन । भिषण आगलागीबाट ध्वस्त जिल्लाको भुवनेश्वरी गाविस स्थित दलित बस्तीका ४५ घरधुरीका पिडितको अस्थायी टहरा निर्माण गरिएको छ ।
जिल्लाका समाजसेवी, पत्रकार तथा गैरसरकारी संस्थाको पहलमा आगलागी पिडितका लागि अस्थायी टहराहरु निर्माण गरिएको हो । आगलागी पछि रातकाट्न र पकाएर खाने ठाउँसमेत नहुँदा विचल्नीमा परेका आगलागी पिडित दलित परिवारका लागि समाजसेवी उज्ज्वल विक्रम थापा, पत्रकार दण्ड गुरुङ्ग तथा रिलीफ नेपालको पहलमा टहरा निर्माण गरिएको हो ।
 त्रिपालमा बस्दै आएका पिडितहरुलाई वर्खामा आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रको सहयोगमा अस्थायी टहरा निर्माण गरिदिएर सहयोग गरेको सहयोगी तथा पत्रकार दण्ड गुरुङ्गले जानकारी दिए । भुकम्पबाट ध्वस्तघरहरु आगलागीले जलेर नष्ट हुँदा घरभित्रका सबै सरसामाग्री समेत जलेर नष्ट भएका थिए । 
‘आगलागी पछि विजोग अवस्थामा जिवन विताउँदै आएका पिडितहरुलाइ प्रतिपरिवार चार वण्डल जस्ता सहित अस्थायी टहरा निर्माण गरेर सहयोग गरिदिएका छौं,’ गुरुङ्गले भने ।  पिडितहरका लागि ललितपुर स्थित नेपाल जेसुइत नामक सामाजिक संस्थाले जस्ता उपलब्ध गराएको थियो । उक्त जस्ता ढुवानीको वेवस्था जिल्लाका समाजसेवी उज्जल विक्रम थापाले गरेका थिए । पिडितका लागि जस्ता उपलब्ध गराएपछि क्यास फर वर्क नामक कार्यक्रम अन्तरगत रिलिफ नेपालले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएपछि अस्थायी टहरो निर्माण गरिएको गुरुङ्गको भनाई छ । 
उनिहरुले दलित बस्तिमा रहेको कालीका प्रावि विद्यालय भवन समेत निर्माण गरिरहेका छन् । आगलागीबाट ध्वस्त उक्त विद्यालयका लागि पनि आफुहरुले पहल गरेर संकलन गरेको रकम र सामाग्रीबाट निर्माण थालिएको उनको भनाइ छ । 
यस्तै भुकम्पका कारण ध्वस्त तिनकन्या गाविसका थप दुई वटा विद्यालय भवन निर्माण गर्ने गुरुङले बताए । गत चैत्र २६ गते भिषण आगलागी हुँदा उक्त दलित बस्तिका ४५ घर सहित ७० घरगोठ जलेर नष्ठ भएका थिए । 
नोट ः विद्यालय भवन निर्माण गर्दैको तस्विर पनि छ ।


,

0 comments

Write Down Your Responses