Powered by Blogger.
सरकार परीवर्तनको खेल भारतीय इशारामाः गजुरेल




सिन्धुली, ७ श्रावण । बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले केपी ओली नेतृत्वको सरकार परीवर्तनको खेल भारतीय इशारामा सुरु भएको बताएका छन । 
सुक्रबार नेकपा क्रान्तिकारी माओवादी सिन्धुलीले माढीबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गजुरेलले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओली वीचको भद्र सहमति कार्यान्वयन हुन नसकेपछि भारतीय इशारामा सरकार परिवर्तनको खेल सुरु भएको हो ।’ सरकार परिवर्तनको एजेण्डा जनताको समस्यासँग कुनै साइनो नरहेको र नेपाली काग्रेस र प्रचण्डको गठबन्धन प्राकृतिक नभएर भारतीय इशाराको प्रतिफल रहेको गजुरेलले बताए । 
गजुरेलले राष्ट्र नै भागवण्डाको पछाडि दौडनु पर्ने अवस्था सिर्जना हुनु दुर्भाग्य भएको बताउँदै बर्तमान संसदीय व्यवस्था असफल सावित भइसकेकाले नयाँ ढंगले अगाडि बढ्नु पर्नेमा जोड दिए । भागवण्डामा देश दौडनु पर्ने अवस्था र सामान्य कुरामा समेत विदेशी हस्तक्षेप सहनु पर्ने नेपालीहरुको बाध्यताको अन्त्य गर्न जनगणतन्त्रात्मक चरित्र बोकेको संविधान निर्माण गर्नुपर्ने उनले दावि गरे । 
‘आधारभुत रुपमा संविधानको चरित्र जनगणतन्त्रात्मक हुनुपर्छ, लोकतान्त्रिक गणतन्त्रले हल दिन सकेन ।’ गजुरेलले भने । हिन्दुवादी भारतले धर्म निरपेक्षता सहितको नेपालको संविधान कार्यान्वय हुन नदिने र हिन्दु राज्यको संरक्षण गर्न उस्ले राजतन्त्रको प्रयोग गर्न सक्ने संभावना रहेको भारतीय इशारामा नयाँ सरकार बनेपछि संविधान संशोधन गरी धर्मनिरपेक्षता संविधानबाट हटाउन सक्ने संभावना रहेको समेत गजुरेलले बताए । 
सरकार परीवर्तनको खेल सँगै देशमा दुई ओटा संवैधानीक संस्था वीच टकराव सुरु भएको बताउँदै राष्ट्रपति र सभामुखको टकरावले आउने परीणाम अहिले नै भन्न नसकिने नेता गजुरेलको भनाई थियो । आफ्नो पार्टी जनगणतन्त्रात्मक संविधानको पक्षमा रहेको र यस्को स्थापनाको लागी वैद्यानीक रुपमै संर्घमा रहेको समेत बताए । 



, ,

0 comments

Write Down Your Responses