Powered by Blogger.
जिल्ला अस्पतालमा २ सय ४१ बिरामीहरुको अप्रेसन



बुद्धकुमार आछामी 
सिन्धुली, ८ श्रावण । जिल्ला अस्पताल सिन्धुलीले अप्रेशन सहितको अत्यावश्यक प्रसुती सेवा र अन्य रोगहरुको अप्रेशन सेवा सुरु गरेको १५ महिना पुरा भएको छ । सेवा सुरु गरेको १५ महिनाको बीचमा अस्पतालले २ सय ४१ जना बिरामीहरुलाई अप्रेशन सेवा प्रदान गरेको छ । 
कमलामाई नगरपालिका–४ की मन्जु माझी र कनपा–७ की संगीता विकलाई प्रसुती अप्रेशन सेवा प्रदान गरेर जिल्ला अस्पतालले नवौ लोकतन्त्र दिवसको दिनबाट औपचारीक रुपमा आफ्नो सेवा सुरु गरेको थियो । 
सेवा सुरु गरेको १५ महिनाको बीचमा १ सय ३६ जना प्रसुती महिलाहरुलाई अप्रेशन सेवा, १० जना महिलाहरुलाई पाठेघर अप्रेशन, ९ जना महिलाहरुलाई विभिन्न् गाइनोक्लोजीकल अप्रेशन सेवा प्रदान गरेको छ । त्यस्तै २२ जना विरामीहरुलाई हड्डी सम्बन्धी अप्रेशन, ५ जनालाई एपेन्डीक्सकको अप्रेशन, १० जनालाई हर्नियाको अप्रेशन र १९ जनालाई हाइड्रोशीलको अप्रेशन सेवा प्रदान गरिएको सिन्धुली जिल्ला अस्पतालले जनाएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको हाइड्रोशील क्याम्पमा सेवा पाएका ३० जना विरामीहरु सहित १५ महिनाको अवधीमा अस्पतालले २ सय ४१ जना विरामीहरुले जिल्लामै अप्रेशन सेवा पाएका छन । 
जिल्लामै सुरक्षित प्रसुती अप्रेशन, पाठेघर अप्रेशन, हाइड्रोशील, हर्निया लगायतका रोगहरुको अप्रेशन पाएपछि स्थानीयहरु उक्त सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन । 
जिल्लामा अप्रेशन सेवा नपाउँदा विरामीहरु मंहगो खर्च गरेर बाहिर जानुपर्ने बाध्यता थियो भने कतिपय विरामीहरुको ज्यान समेत जाने गरेको थियो । बर्दिबास, जनकपुर, काठमाडौं लगायतका शहरमा मंहगो शुल्क तिरेर उपचार गराउन बाध्य विरामीहरु जिल्लामै उपचार सेवा पाएपछि खुसी देखिएका छन । 
जिल्ला अस्पतालबाट आफ्नो श्रीमतीको प्रसुति अप्रेशन सेवा लिएका कमलामाई नगरपालिका–४ का सुदिप केसी भन्छन, ‘अप्रेशन सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ, बिना खर्च आफ्नै आगनमा भएको अस्पतालबाट अप्रेशन सहितको सेवा पाउनु खुसीको विषय हो ।’ केसी जस्तै जिल्ला अस्पतालबाट अप्रेशन सेवा पाएका बिरामीका आफ्न्तहरु जिल्लामै अप्रेशन सेवा पाएकोमा निक्कै खुसी व्यक्त गर्छन । सामान्य विरामीलाई पनि जिल्ला बाहिरकै अस्पतालमा रिफर मात्र गर्ने जिल्ला अस्पतालमा पछिल्लो समय सुधार आएको सर्वसाधरणहरुले अनुभुती गर्न थालेका छन् । 
पछिल्लो समयमा विशेषज्ञ डाक्टरहरुको उपलब्धता संगै जिल्लाका विपन्न वर्गका नागरीकहरुले सेवा प्रप्त गर्न सफल भएका छन । जिल्ला अस्पताल पचास शैयाँको भएपनि अझै दरबन्दी अनुसार विशेषज्ञ डाक्टरहरुको उपस्थिती रहेको छैन । 
अस्पतालमा स्त्री रोग विशेषज्ञ, बेहोस पार्ने चिकित्सक, बालरोग बिशेषज्ञ, जनरल फिजिसियन, जनरल सर्जन, छालारोग बिशेषज्ञ लगायतका चिकित्सकहरुको दरबन्दी रहेको भएपनि हाल २ जना विशेषज्ञ डाक्टरले मात्र सेवा प्रदान गरिरहेका छन । 

प्रयाप्त स्रोत साधन बिनानै अप्रेसन

सिन्धुली ८, श्रावण । उपयुक्त स्रोत र साधनको अभावकै विच जिल्ला अस्पताल सिन्धुलीमा विरामीहरुको अप्रेसन भइरहेको छ । पर्याप्त डाक्टर, नर्स र आवश्यक कर्मचारीको अभावकै वीचमा पनि अस्पतालले सेवा प्रदान गरिरहेको स्त्री रोग विशेषज्ञ डा.सुमित्रा गौतम बताउछिन । 
डा.गौतम भन्छिन, ‘अस्पतालमा जनशक्तिकै अभाव छ, एउँटा अप्रेशन गर्न सामान्यत ३ जना डाक्टर, ३ जना स्टाफ नर्स र १ जना सहयोगी चाहिन्छ तर अहिले १ जना डाक्टर, १ जना स्टाफ नर्स र १ जना सहयोगीको भरमा काम चलाईरहेका छौं ।’ समस्याहरु भएपनि दिनको १८ घण्टा सम्म खटेर विरामीहरुलाई सेवा प्रदान गरिएको गौतम बताउछिन । 
कर्मचारी मात्र होइन आधुनिक उपकरणहरुको अभाव हुनु, ब्लड वैंक सञ्चालनमा नहुनु, आवश्य भौतिक पुर्वाधारहरुको अभाव हुनु अप्रेशन सेवाको प्रभावकारीताको लागी चुनौती रहेको डा.सुमित्रा गौतम बताउछिन ।  


, ,

0 comments

Write Down Your Responses