Powered by Blogger.
बैदेशीक रोजगारीले सम्बन्ध विच्छेद बढायो



बुद्धकुमार आछामी 
सिन्धुली, ९ श्रावण । बेरोजगारीका कारण जिल्लाका हजारौं युवाहरु बिदेश पलायन हुन बाध्य छन । आफ्नो घरपरीवारको खुसीको लागी विदेश पुगेका युवाहरु गाउँ फर्कदा श्रीमतिसँग सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थामा पुग्ने गरेका छन । 
जिल्ला अदालतमा आएका सम्बन्ध विच्छेदका मुद्धाहरु मध्ये वैदेशीक रोजगारीमा जाने परीवारमा बढी सम्बन्ध विच्छेदको समस्या देखिएको जिल्ला अदालत सिन्धुलीका श्रेस्तादार धन बहादुर कार्की बताउछन । 
अदालतको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा सम्बन्ध विच्छेदका २९ मुद्धा आएका छन । ‘गत वर्ष २० वटा रहेकोमा यस वर्ष सम्बन्ध विच्छेदका मुद्धा बढेर २९ पुगेको छ ।’ श्रेस्तादार कार्कीले भने । विवाहको छोटै समयमै समेत सम्बन्ध विच्छेदका लागी निवेदन पर्ने गरेको कार्कीले बताए । अदालतमा यस वर्ष परेका सम्बन्ध विच्छेदका २९ मुद्धा मध्ये २५ वटा फछ्यौट भएको जनाइएको छ । 
सामाजिक संजालको बढ्दो प्रयोग, त्यसको दुरुपयोग, वैदेशीक रोजगारीमा श्रीमान गए पश्चात छोराछोरी पढाउने बाहानामा श्रीमति बजार केन्द्रित हुँदा समस्या बढेका छन । श्रीमान घर फर्किदा धनसम्पति साथै श्रीमति समेत नहुने घटनाहरु दिनहु बढ्दै गएको यहाँका नागरीक अगुवाहरु बताउछन । 
त्यतिमात्र नभएर सानो घरायसी झैझगडाका कारण पनि सिधै सम्बन्ध विच्छेद जस्तो गम्भीर निर्णय गर्ने प्रबृतिका कारण पनि सम्बन्ध विच्छेदका घटना पछिल्लो समय बढ्दै गएको हो । जिल्ला अदालतका अनुसार सम्बन्ध विच्छेदका मुद्धा बढ्नुमा वैदेशीक रोजगारी, आधुनिक जिवनशैलीको नक्कल, देखासीकी, सामाजिक सञ्जालहरुको दुरुपयोग जस्ता कारणहरु छन । बावुआमाले गर्ने सम्बन्ध विच्छेदको प्रत्यक्ष असर नावालक छोराछोरीहरुलाई पर्न गई उनिहरुको भविष्य समेत अनिश्चित हुने स्यानीय अगुवाहरु बताउछन । 
जिल्ला अदालतमा आर्थिक वर्ष २०७२/७३ जिम्मेवारी सरेको मुद्धा सहित कुल ४९० मुद्धाहरुमा ३६३ वटा अर्थात ७४.०८ प्रतिशत मुद्धा फछ्यौट भएको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses