Powered by Blogger.
सिन्धुलीमा घरेलु हिंसाका घटना बृद्धि



सिन्धुली, ९ श्रावण । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला तथा वालवालिका सेवा केन्द्रले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/७३ मा ६८ वटा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता भएको छ । दर्ता भएको ६८ उजुरी मध्ये श्रीमान श्रीमतिको घर झगडाका कारण हुने घरेलु हिंसाका उजुरी नै बढी रहेको जनाइएको छ । 
सेवा केन्द्रमा आएका ६८ उजुरी मध्ये ६६ वटा मिलापत्र भएको र २ वटा कानुनी प्रक्रियाका लागी अदालतमा गएको जनाइएको छ । पछिल्लो सयम जिल्लामा घरेलु हिंसाका घटना बढ्न थाले पछि प्रहरीले गाउँ गाउँमा सचेतना अभियान समेत चलाएको छ । अभियानका क्रममा घरेलु हिंसा भनेको के हो ? लैगिङ हिंसाको स्वरुप कस्तो हुन्छ ? न्यायका लागि कहाँ जाने भन्ने विषयमा स्थानीयलाई जानकारी गराइएको छ । 


0 comments

Write Down Your Responses