Powered by Blogger.
सिन्धुलीमा पहिराेले एककाे मृत्यू दुर्इ घाइते


सिन्धुली,१० श्रावण । सिन्धुलीमा पहिरोले पुर्दा एकजना मृत्यू छ भने दुइजना गम्भीर घाइते भएका छन् । कमलामाई नगरपालीका १० माइस्थानमा अाएकाे पहिरोले स्थानीय मोतीलाल श्रेष्ठको पसल बगाउदा उनकी ५२ बर्षिय श्रीमति बिन्दा कुमारी श्रेष्ठ, कनपा ११ का ६० वर्षिय पुजारी बिष्णु प्रसाद कोईराला कनापा १० कै ५४ बर्षिय रूपमनी  गुर्जामगर गम्भीर घाईते भएका थिए ।
घाईतेहरूकाे जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुई जनालाई काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम कुमार  सारू मगरले जानकारी दिए भने पहिराेले पुरेर गम्भिर घाइते भएकी ५२ बर्षिय विन्दा कुमार श्रेष्ठकाे उपचारकै क्रममा जिल्ला अस्पतालमा मृत्यू भएकाे मगरले बताए ।
गम्भीर घाइते भएका विष्णु प्रसाद काेईरालालाई जोरपाटीमा रहेको अर्थोपेडिक्स अस्पताल र रुपमनी मगरलाई विएण्डबी अस्पतालमा उपचार भइरहेकाे जनाइएकाे छ । 
गम्भीर  घाईते मध्ये बिन्दा कुमारी श्रेष्ठको अवस्था चिन्ताजनक रहेकाले हेलिकोप्टरबाट काठमाडौं  लैजाने तयारी भै रहेको अवस्थामा मृत्यू भएको प्रनाउ सारू मगरले जानकारी दिए । 
पहिरो जादाँ अवरुद्ध भएको विपि राजमार्ग अन्तरगत सिन्धुली बर्दिबास सडक खण्ड जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलीले राजमार्ग खुलाएको छ । विहानै देखी अवरुद्ध राजमार्ग दिउसोमात्र खुलाईएको प्रहरीले जनाएको छ । 
तीन दिन देखी निरन्तर बर्षात भै रहेको कारण बाढि तथा पहिराेकाे जाेखिम रहेकाले सुरक्षा अपनाउन स्थानिय प्रशासनले सवैलाइ अाग्रह समेत गरेकाे छ  ।


,

0 comments

Write Down Your Responses