Powered by Blogger.
विद्यालयमा लगाएको ताला चार वर्षपछि खुल्यो

सिन्धुली २६, साउन । शिक्षक र अभिभावक विचको विबादका कारण यहाँको एक प्राथमिक विद्यालयमा लागेको ताला झण्डै चार वर्षपछि खुलाइएको छ । 
कमलामाई नगरपालिका ४ जरायोटार स्थित मनकामना प्राथमिक विद्यालयमा तालबन्दी गरिएको ४६ महिनापछि खुलाइएको हो । 
विद्यालयका प्रअ र तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष विचको मिलेमतोमा आर्थीक अनियमितता भएको, पढाईमा गुणस्तरता दिन नसकेको,  झण्डै नौं वर्षदेखि विद्यालयमा अडिट नगराई अभिभावक भेला समेत नबोलाएको भन्दै गत २०६९ असोज १८ गते अभिभावकले विद्यालयको प्रशासनदेखी कक्षा कोठामा समेत तालाबन्दी गरेका थिए ।
त्यस यता स्थानीय प्रशासन, राजनीतिक दल, शिक्षा कार्यालयले विद्यालयको विवाद समाधान गर्ने र ताला खोल्न पटक पटक प्रयास गरिएपनि खुलेको थिएन् । तर, शिक्षा कार्यालयले विद्यालयमा भएको अनयिमितता छानविनकालागि विद्यालय निरिक्षक नवराज बरालको संयोजकत्वमा तिन सदस्य समिति बनाएर काम थालेपछि शिक्षक र अभिभावक विच ताला खोल्ने सहमति भएको हो । 
सहमति अनुसार विद्यालयमा लगाइएको ताला खोलेर आवश्यक कागजात अध्ययनगरी छाविन थालीएको विद्यालय निरिक्षक तथा छानविन समितिका संयोजक बरालले बताए । 
‘चार वर्षदेखी बन्द विद्यालयको विवाद समाधानका लागि समिति बनाएर काम थालेका छौं । समितिले प्रहरी, अभिभावक, शिक्षक तथा शिक्षा कार्यालयका प्रतिनीधिहरुको उपस्थितीमा ताला खोलेर विद्यालयका कागजात अध्ययन थालेको छ,’ उनले भने ।
समितिले आर्थीक अनियमितता भए नभएको, पठनपाठनका विषय तथा शिक्षक तथा अभिभावकहरुविचमा भएको विवादको कारण पत्ता लगाएर सार्वजनीक गर्ने निर्णय भएको बरालले बताए । 
विद्यालयका शिक्षीकाहरुले नौवर्षदेखि अभिभावक भेला नगराएको, आर्थिक हिनामिना गरेको अडिट नगरेको लगाएतका अभिभावकको आरोप छ । आफुहरुले कुनै अनियमितता नगरेको बरु गैर अभिभावकहरुले शिक्षा नियमावली विपरित व्यवस्थापन समिति गठन गर्न दवाव दिएपछि विद्यालयमा विवाद सुरु भएको शिक्षकहरुको दावी छ । 
यीनै विवादका विषयले शिक्षकले अभिभावकलाई नटेर्ने अभिभावकलाई विद्यालयमा प्रवेश गर्न रोकलगाउने भएपछि ४६ महिना अघिदेखि तालाबन्दी थियो । 
विद्यालयमा लागेको ताला खुलाउँन सम्बन्धीत निकाएले चासो नदीँदा यहाँका बालबालिकाहरु कहिले वर्षाको पानी, चर्को घाम वा हावाहुरी संगै कात्तिकको ठण्डी भोग्न बाध्य थिए । तलाबन्दी खुलेपछि अहिले कक्षा कोठाभित्र पठन पाठन सुरु भएको छ । तर, विद्यालयका आरोपीत शिक्षकहरुलाई भने हाजिर हुन भने दिइएको छैन् । उक्त विद्यालयका प्रअ विनु खड्का, शिक्षिकाहरु कमला खड्का र मैयाँ कार्की तथा व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर रानामाथी आर्थीक अनियमितताको आरोप छ ।
 उनिहरुको विषयमा छानविन नभएसम्म विद्यालयमा हाजिर हुन नदिने जनाएपछि शिक्षा कार्यालयले उनिहरुलाई नजिकैको फोस्रेटार माविमा चार वर्षदेखी गैर कानुनी रुपमा काजमा हाजिर गराएर तलव खुवाउँदै आएको छ । कुनैपनि शिक्षकलाई बढीमा तिन महिनाभन्दाबढी काजमा खटाउन मिल्दै नमिल्ने शिक्षा नियमावली मिचेर तत्कालीन शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले उनिहरुलाई चारवर्षदेखी काजमा राखेर तलव खुवाएका हुन् ।
उक्त विद्यालयमा भने अभिभावकहरुले भोलेन्टीयर शिक्षक राखेर चार वर्षदेखी पठनपाठन गराउँदै आएका छन् । 
तर, पछिल्लो समय विद्यालयको विवाद मिलाउने शिक्षा कार्यालयका तत्कालीन शिक्षा अधिकारी बद्री पाठकले दुई जना स्थायी शिक्षकलाई सरुवा गराई मनकामना प्राविमा पठाएपनि अभिभावकहरुले हाजिर हुन नदिएपछि उनिहरुपनि चार महिनादेखी हाजिर विहिन भएर बसेका छन् । विद्यालयमा भएको अनियमितता छानविन नभएसम्म नयाँ शिक्षकहरुलाई समेत हाजिर हुन नदिने भन्दै अभिभावकहरुले अड्डी लिएपछि उनिहरु नियमित विद्यालय गएपनि हाजिर भने हुन पाएका थिएनन् । अव समितिले छानविन थालेकोले उनिहरुलाई हाजिर गराउनु पर्ने शिक्षा कार्यालयले जनाएको छ ।


, ,

0 comments

Write Down Your Responses