Powered by Blogger.
प्रेस सेन्टर सिन्धुलीको जिल्ला सम्मेलन सम्पनन्


सिन्धुली, २८ श्रावण । नेकपा(माओवादी केन्द्र) निकट क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला शाखा सिन्धुलीको एकताको चौथो जिल्ला सम्मेलन ‘ब्यवसायीक पत्रकारीता र श्रमजीवी पत्रकारको पक्षमा चौथो जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सुक्रबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
सम्मेलन आयोजक समितिका संयोजक बुद्धकुमार आछामीको  अध्यक्षतामा भएको सम्मेलनलाई शुभकामना दिर्दै नेकपा(माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य विषमलाल अधिकारी दनुवारले प्रेस सेन्टर नेपालले जनताका समस्याहरुलाई समाचारको रुपमा उठान गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमीका निर्वाह गर्नुपर्नेमा जोड दिए । अधिकारीले क्रान्तिकारी पत्रकारको भुमीकाको बारेमा चर्चा गर्दै आगामी दिनमा अझ बढी शसक्त भएर अगाडि बढ्नु पर्ने बताए । 
त्यस्तै सम्मेलनमा शुभकामना दिर्दै प्रेस सेन्टरका केन्द्रिय सदस्य लक्ष्मण खड्काले प्रेस सेन्टरले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, समानुपातिक विज्ञापन वितरण र पत्रकारहरुको हकहितको लागी आवाज उठाउँदै आएको बताए । खड्काले अप्ठेरो परिस्थितीमा पत्रकारहरुले निर्वाह गरेको भुमीकाको चर्चा गर्दै निडर र निर्भिक भएर जनताका आवाजहरुलाई बुलन्द गर्न सधै प्रेस सेन्टर लागीरहने बताए । 
सम्मेलनलाई नेकपा(माओवादी) केन्द्रका केन्द्रिय सदस्य काजीमान थिङ्ग, प्रेस सेन्टरका केन्द्रिय सदस्य सुनिल खड्का, कृष्ण लेकाली, वेपत्ता पत्रकार चित्रनारायण श्रेष्ठको जीवन संगीनी सावित्रि श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष द्धारीका काफ्ले, प्रेस युनियनका यम चौलागाई लगायतले शुभकामना व्यक्त गरेका थिए । 
सम्मेलनकै अवसरमा प्रेस सेन्टर नेपालले सिन्धुलीका प्रिय नेता तथा सिन्धुली पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक चित्र नारायण श्रेष्ठको जीवन संगीनी सावित्रि श्रेष्ठलाई अभिन्नदन समेत गरेको छ । श्रेष्ठलाई माओवादीको १० वर्षे जनयुद्धको क्रममा तत्कालीन राज्यपक्षले वेपत्ता बनाएको थियो । 
 सुक्रबार नै सकिएको सम्मेलनको बन्दसत्रले बुद्धकुमार आछामीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । 
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सेतरमान तामाङ्ग, सचिबमा मिमन पुलामी, कोषाध्यक्षमा सुजता मोक्तान र सदस्यहरुमा उमेश परीयार, उद्धब श्रेष्ठ र सरला सुनुवार रहेको सचिव मिमन पुलामीले जानकारी दिइन । 
त्यस्तै बन्दसत्रले संगठनको राष्ट्रिय सम्मेलनको लागी ९ जना प्रतिनिधी समेत छनौट गरेको छ । 



,

0 comments

Write Down Your Responses