Powered by Blogger.
मोटरसाइकलको ठक्करले एकको मृत्यू


सिन्धुली, २४ श्रावण । विपी राजमार्ग स्थित झागाँझोली रातमाटा–१ मा मोटरसाइलकले ठक्कर दिदा सोहि गाविस वडा नं.३ की रमौली माझीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
काठमाडौबाट धरान तर्फ हिडिहरेको बा ६८ प ४३२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि घाइते भएकी माझीको उपचारमा लैजादै गर्दा बाटोमै मृत्यू भएको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम कुमार सारु मगरले जानकारी दिए । 
ठक्कर दिने मोटरसाइकलका चालक झापा गौरीडाडाका सनम कार्की सामान्य घाइते भएको र उनी प्रहरी नियन्त्रणमा रहेको र घाइते कार्कीको खुर्कोट स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । 
त्यस्तै सोमबार नै जिल्लाको कनपा–६ रातमाटामा ना ५ ख ७३१० नम्बरको ट्रक र ज ८ प ८८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्करखादा मोटरसाइकलका चालक कनपा–६ धुराबजार निवासी १९ वर्षिय सम्राट पाण्डे गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
सोमबार नै कनपा–६ वीपी राजमार्ग स्थित अधेरी पुलमा बा १४ च २०५ नम्बरको कारले ठक्कर दिदा सोहि स्थान निवासी ८ वर्षिय अनिस खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै दुर्घटनाका घाइतेहरुको मोर्डन एपोलो हस्पीट राम्माढीमा उपचार भइरहेको बताइएको छ । 


,

0 comments

Write Down Your Responses