Powered by Blogger.
विश्व स्तनपान सप्ताह सुरु


तिस प्रतिशत बच्चाहरु ६ महिना दुध खान पाउँदैनन् ।  
सिन्धुली, १७ श्रावण । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाइँदैछ । विश्व स्वास्थ्य संगठन र युनिसेफले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताह व्यापी रुपमा मनाइएको हो ।
यस वर्षको स्तनपान दिवसको नारा ‘स्तनपानः दिगो विकासको आधार’ तय गरिएको छ । बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धि सचेतना जगाउनु सप्ताहको मुल उद्देश्य हुने जनाइएको छ ।
घरमा सानो बच्चा छाडेर कार्यालयमा काम गर्नजाने महिला कर्मचारीले आफ्नो बच्चालाई कसरी नियमित स्तनपान गराउन सक्छिन ? सानो शिशुलाई कार्यालयमै ल्याएर टेबलमा राख्नु स्वास्थ्य र काम दुबै दृष्टिकोणले सम्भव हुँदैन । विश्वभर स्तनपान दिवस मनाइरहँदा नेपालमा भने ७० प्रतिशत महिलाले मात्रै ६ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउने सुविधान पाउने गरेको तथ्याङक पाइएको छ । दिउँसो कार्यालयको काममा जाने आमाहरुका लागि बच्चालाई स्तनपान गराउन कठिनाइ हुने गरेको छ ।
महिला कर्मचारीले दुई महिना सुत्केरी विदा पाउने गरेका छन । तर, बच्चालाई ६ महिनाभन्दा बढी आमाको दूध नियमित चुसाउनुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्तो अवस्थामा कार्यालयहरुमा ‘डे केयर सेन्टर’ स्थापना गर्न धाई आमाको व्यवस्था गर्न र बेलाबखत महिला कर्मचारीले त्यहाँ गएर दूध चुसाउँदै कार्यालयको काम गर्न पाउने सुविधा उपलब्ध गराइनुपर्ने आवाज उठ्ने गरेको छ । तर, नेपाल सरकारले यस्तो प्रवन्ध गर्न नसक्दा स्तनपानको सुविधाबाट कर्मचारीका शिशुहरुले बञ्चित हुनुपरेको छ । 
सरकारले विदेशबाट समेत सहयोग लिएर स्तनपानसम्बन्धी सचेतना अभियान चलाइरहँदा अझै पनि ३० प्रतिशत महिलाले आफ्ना बच्चालाई ६ महिना पनि स्तनपान गराउँदैनन । सन १९९२ बाट प्रत्येक अगष्ट १ तारिखबाट ७ तारिखसम्म स्तनपान दिवस मनाउने गरिएको छ । यो दिवसमा विविध चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिन्छ । कतिपय महिलाहरु स्तनपान गराउँदा सुन्दरता घट्ने भ्रममा पर्ने गरेका छन । बच्चा जन्मेको ६ महिनासम्म आमाको दुधमात्र खुवाइएका नानीहरु स्वस्थ, स्फूर्त र चलाख हुने कुरा चिकित्सा विज्ञानले पनि प्रमाणित गरिसकेको छ । 
विश्व स्वास्थ्य संगठनले एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनको एक सर्भेले शिक्षाको तह बढ्दै जाँदा स्तनपानको गुणस्त र स्तनपान गराउने आमाहरुको संख्या भने घट्दै गरेको पाइएको छ । 

यस्तो छ नेपालको तयाङक

प्राथमिक शिक्षामात्र लिएका ६६ प्रतिशत महिलाले ६ महिनासम्मका शिशुलाई नियमित स्तनपान गरएका छन । अर्कातिर एसएलसी उत्तीर्णगरेका ३३ प्रतिशत महिलाले मात्र शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउने गरेको पाइएको छ । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ को तयाङक अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ४५ प्रतिशत रहेको छ । शिशु जन्मेको एक दिनभित्र स्तनपान गराउने महिला ८५ रहेका छन । शिशुलाई एक महिनासम्म स्तनपान गराउने महिला ८८ प्रतिशत रहेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । ३ महिनासम्म स्तनपान गराउने महिला ७४ प्रतिशत मात्र छन । त्यसैगरी शिशु जन्मेको ६ महिनासम्म स्तनपान गराउने महिलाको संख्या ७० प्रतिशत मात्र रहेको छ । बाँकी ३० प्रतिशतले शिशु ६ महिना पुगेपछि स्तनपान गराउन छोड्ने गरेका छन ।  
त्यसैगरी स्तनपान सप्ताहको अवसरका जिल्ला जन स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य संस्थाहरुमा विविध सचेतनामुलक कार्यक्रम सञ्चाल गरि स्तनपान सप्ताह मनाउने जनाएको  छ । 
कार्यालयले महिलाहरुलाई आफ्नो बच्चालाई स्तनपान गर्न सिकाउने छ भने स्तनपानको महत्वको बारेमा आमाहरुलाई चेतना प्रदान गर्ने जनस्वाथ्य कार्यालयका गुजेश्वरी श्रेष्ठले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses