Powered by Blogger.
कुपोषित आमा र बच्चालाई उपचार र पोषिलो खाना



कुपोषण बिरुद्ध स्तनपान सप्ताह 

बुद्धकुमार आछामी 
सिन्धुली, १७ श्रावण । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाइँदैछ । विश्व स्वास्थ्य संगठन र युनिसेफले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार नेपालमा पनि यो दिवस सप्ताह व्यापी रुपमा मनाइएको हो ।
यस वर्षको स्तनपान दिवसको नारा ‘स्तनपानः दिगो विकासको आधार’ तय गरिएको छ । बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने र गाइ भैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धि सचेतना जगाउन सप्ताहको मुल उद्देश्य हो । 
विश्वभर स्तनपान दिवस मनाइरहँदा नेपालमा भने ७० प्रतिशत महिलाले मात्रै ६ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउने सुविधान पाउने गरेको तथ्याङक रहेको छ भने जिल्लामै पनि संयौ वालवालिकाहरु आमाको दुध खान नपाउँदा कुषोषित हुने गरेको पाइएको छ । 
सरकारकै तथ्याकं अनुसार अझै पनि ३० प्रतिशत महिलाले आफ्ना बच्चालाई ६ महिना पनि स्तनपान नगराउने गरेका छन । जस्का कारण वालवालिकाहरुमा कुपोषणको समस्याहरु देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका पोषण कार्यक्रम संयोजक गुजेश्वरी श्रेष्ठ बताउछन । 
जनस्वास्थ्य कार्यालयले आफ्ना शिशुलाई ६ महिना सम्म नियमित स्तनपान गराउन र नवजात शिशुहरुलाई कुपोषणबाट बचाउन स्तनपान सप्ताहको अवसरमा विविध कार्यक्रमहरु गरिरहेको छ । आमा तथा बच्चाहरुलाई कुपोषणको सिकार हुन नदिन स्तनपान सप्ताह, सुनौलो हजार दिन लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको पोषण सम्बन्धी कार्यक्रमहरुले सहयोग पुरयाइरहेको छ भने युनिसेफको आर्थिक सहयोग तथा नेपाल स्वास्थ्य शिक्षा समुहको प्राविधिक सहयोगमा जनस्वास्थ्य कार्यालयले कुपोषणको सिकार भइसकेका आमा तथा वच्चाहरुको लागी समेत पोषण तथा उपचार सेवा सञ्चालन गरेको छ । 
आमा तथा बच्चाले पोषणयुक्ता दुध र खाना खान नपाउँदा जिल्लामा २०५ शिशु कडा सिघ्र कुपोषित, १ हजार ६२० शिशु मध्यम सिघ्र कुपोषित र १ हजार ३ सय ४२ सिघ्र तथा कडा कुपोषित गर्भवति तथा सुत्केरी आमाहरु भेटिएको संयोजक श्रेष्ठले बताए । 
कार्यालयले कुपोषणका सिकार भएका आमा तथा बच्चाहरुलाई जिल्लाका ५५ वटै स्वास्थ्य संस्थाबाट पोषणयुक्त खाना वितरण गरिएको छ भने १७ स्थानबाट बहिरंग उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको श्रेष्ठले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses