कमलामार्इकाे बार्षिक प्रगति समिक्षा सम्पन्न

सिन्धुली, ३२ श्रावण । कमलामाई नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा नगरक्षेत्रमा सञ्चालित कार्यक्रमहरुको प्रगति समिक्षा गरेको छ ।
कार्यकारी अधिकृत जगत प्रसाद भुषालको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यालयले गत आवमा सञ्चालन गरेका कार्यक्रम तथा गैर सरकारी संस्थाहरुले गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख उज्जवल थापा, राजश्व शाखा प्रमुख कुमार थापा, प्लान इन्टरनेशनल नेपाल, सिन्धुलीगढी सेवा प्रतिष्ठान, रिलिफ नेपाल लगायतले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका माणिक ढकाल, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, नेकपा(माओवादी केन्द्र)का ज्वाला प्रसाद न्यौपाने लगायतले गैर सरकारी संस्थाहरुको ठुलो लगानी भएपनि काम प्रभावकारी नदेखिएको बताउँदै संविधानले नै आर्थिक सबृद्धिको परीकल्पना गरेकाले त्यसतर्फ आफ्ना कार्यक्रमलाई लक्षित गर्नुपर्ने सुझाब दिएका थिए ।
नगरपालिका क्षेत्रमा अन्तराष्ट्रिय स्तरको प्लान इन्टरनेशनल नेपालले नगरपालिका कार्यालय तथा विभिन्न् स्थानीय संस्थाहरुसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, बालश्रम उन्मुलन, वालअधिकार, विपद ब्यवस्थापन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको भएपनि त्यसको प्रभावकारीता नदेखिएको सरोकारवालाहरुले गुनासो गर्दै आएका छन ।
0 comments
Write Down Your Responses