Powered by Blogger.
दश हजार विगाह उर्वरभुमि कमला र मरिणको कटानमा

राजन गाउँले
सिन्धुली ३२, साउन । चुरे विनाससंगै वर्षेनी आउँने खहरेका कारण जिल्लाको कमलाखोंच र मरिण क्षेत्रका हजारौं विगाह खेति योग्य जमिन बगरमा परिणत हुँदै गएका छन् ।
चुरे क्षेत्रमा वर्षेनी जसो हुने बन विनास तथा चुरे उत्खननले बर्षातका समयमा त्यस क्षेत्रबाट आउने खहरे सहितको कमला र मरिण नदीको कटानले गर्दा उर्वर भुमि बगरमा परिणत बन्दै गएको हो । 
कहिले वन कार्यालयले नै गर्ने काठ निकासी त कहिले सुकुम्बासीको नाममा हुने चुरे अतिक्रमणकै कारण खहरे खोला बढ्न गई खेतियोग्य जमिन कटानमा पर्न थालेको कमलामाई नगरपालिका १० का चुरे पिडित जंगबहादुर सहासंकर बताउँछन् ।
कमलाको कटानका कारण आफ्नो भएको ५ कठ्ठा खेत पनि अहिले बगरमा परिणत भएको उनको भनाई छ ।
‘वर्षेनी कमला नदीले खेती योग्य जमिन कटान गर्छ,’ उनले भने, ‘माथीबाट बगेर आउँने चुरेको खहरेले पनि उत्तिकै पु¥यो, कमलाले पनि कटान ग¥यो अहिले त उहि लालपुर्जा मात्रै छ । सात वर्षको अवधिमै चुरेले सुकुम्बासी बनायो ।’ 
उनका अनुसार कमलामाई नगरपालिका ३ माइस्थानदेखि १८ नम्बर वडाका साथै रानीवास, निपाने, हर्षाही, टाँडी, हतपते, सिर्थौली, दुधौली, लदाभिर लगायतका गाविसका सयौं परिवारको हजारौं विगाह खेतीयोग्य जमिन वर्षेनी कमलाले कटान गर्दै आएको छ । 
नेपालमै सबै भन्दाबढी सिन्धुली जिल्ला अन्तरगत चुरे क्षेत्र पर्ने गरेको तथ्यांकमा छ । चुरेकै कारण मरिण क्षेत्रका कल्पबृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुराँसे, माहादेवस्थान लगायत एक दर्जनभन्दा बढि गाविसका कृषक पनि यस्तै समस्यामा छन् । त्यस क्षेत्रमा मात्र झण्डै पाँच हजार विगाह खेतीयोग्य जमिन कटान भइसकेको छ । ‘वर्षेन मरिण नदी र चुरेबाट आउने खहरेले बगाउँदा खेती योग्य जमिन बगरमा परिणत हुँदै गएको छ,’ कपिलाकोटका शिक्षक अमृत तामाङले भने ।
‘वन अतिक्रमण र चोरी निकासीले उजाड बन्दै गएको चुरे बर्षातको समयमा पाखै बगेर आउने खहरेको भेलले उर्बर जमीन बगरमा परिणत हुँदै गएको छ,’ अर्का कमला नदी पिडित रानीवासका सकला धामीले भने, ‘खहरे नियन्त्रण हुन नसके उर्बर जमीन केही वर्षमै बगर बन्दा यहाँका सायौं जमिन्दार सुकुम्बासी बन्ने अबस्था छ ।’
‘चुरे जंगलको विनासले नै बर्सेनि नयाँ खहरे जन्मिने गरेका छन् उनले थपे्, ‘चुरे जंगलबाट निस्किने खहरेका कारण बर्षातको मौसममा चुरे आसपासमा बसोवास गर्ने बढि पीडित हुदै आएका छन् ।’ कमलाखोंज क्षेत्रमा मात्रै सानाठूला गरि एक सयभन्दा बढि खहरे चुरे जंगलबाट निस्किएको छन् ।
चुरे जंगलबाट निस्किने खहरेले दश हजार बिघाभन्दा बढि उर्वर जमिन बगरमा परिणत गराई सकेको स्थानीय कृषकहरु बताउछन् । हत्पते गाविसका स्थानीय रेखराज दाहालका अनुसार अहिलेसम्म कमला तथा मरिण नदी र चुरेको खहरे खोलाले यस क्षेत्रमा कति उर्वर जमिन बटान ग¥यो भन्ने एकिन तथ्यांक नभएपनि दश हजार विगाह जमिन कटान गरि सकेको अनुमान छ । 
‘यहाँ २०४१ साल देखि कमला र चुरेको प्रकोप बढेको छ,’ दाहालले भने, ‘लालपुर्जामा अहिलेपनि सयौं विगाह जमिन छन्, तर उपभोगका लागि हेर्दा सबै बगरमा परिणत भएका छन्,’ उनले भने । 
मरिण नदीले पनि जिल्लाको अमले गाविस देखी, कपीलाकोट, कल्पवृक्ष हुँदै त्य तलका झण्डै एक दर्जन गाविसका सर्वसाधरण चुरेको चपेटामा छन् । कुनै जमानाका जमीन्दारहरु समेत अहिले खहरेका कारण सुकुम्बासी बन्दै गएपछि सयौं विगाह जमिन लालपुर्जामा भएको जमिनको तिरो तिर्न समेत छाडेको पिडितहरु बताउँछन् । 
जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६ सय ३१ हेक्टर रहेको जिल्ला वन कार्यालयको एक तथ्याङ्कले देखाएको छ । यो मध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भई सकेको छ ।
चुरे जंगलको तल्लो फाँटको तीनहजार ३ सय ८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भई सकेको वन कार्यालयको तथ्यांङ्कमा छ ।  



,

0 comments

Write Down Your Responses