Powered by Blogger.
कृषिजन्य उत्पादनबाट ४४ करोड बढी आम्दानी



सिन्धुली, १८ श्रावण । आर्थिक वर्ष २०७२/०७३ मा जिल्लाका कृषकहरुले कृषिजन्य विविध उत्पादनबाट ४४ करोड भन्दा बढी आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । 
कार्यालयको तथ्याकं अनुसार गत आर्थिक वर्षमा कृषकहरुले जुनार, अदुवा, आलु, गोलभेडा, माछापालन र अलैची विक्रीबाट ४४ करोड १६ लाख बराबर आम्दानी गरेका छन । 
जुनारको जिल्लाको रुपमा परीचित सिन्धुलीका कृषकहरुले गत वर्ष ६ सय टन जुनारको विक्रीबाट २४ करोड आम्दानी गरेको कृषि कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।
त्यस्तै ६ सय टन अदुवाको विक्रीबाट १८ करोड, २ हजार टन आलुबाट ४० लाख, प्लास्टीक हाउसमा गोलभेडा खेतिबाट १ करोड, १८ मेट्रिकटन माछाको विक्रीबाट ३६ लाख र २० क्वीन्टल अलैची विक्रीबाट ४० लाख रुपैयाँ जिल्लाका कृषकहरुले आम्दानी गरेको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्टले जानकारी दिए । 
जिल्लाको १४ सय हेक्टर जमिनमा जुनार खेती हुँदै आइरहेको र ११ हजार ६५७ किसान जुनार खेतीमा आबद्ध रहेका छन भने रतनचुरा, तिनकन्या, वाशेश्वर, भुवनेश्वरी, वितिजोर लगायतका गाविसका किसानहरुले जुनार खेतीलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आइरहेका छन भने भद्रकाली, लाम्पान्टार, जिनाखु, अरुणठाकुर, ककुरठाकुर लगायतका गाविसका किसानले व्यवसायीक रुपमै अदुवा खेति गर्ने गरेका छन । 
पछिल्लो समय जिल्लाको महादेवडाँडा गाविस व्यवसायीक अलैची खेती, किवी खेति तथा चियाखेती समेत सुरु गरिएको छ । सरकारले किसानहरुलाई उचित प्राविधिक सहयोग प्रदान गरेमा किसानको जिवनस्तरमा बृद्धिसँगै जिल्लाको कृषिजन्य आम्दानीमा समेत बृद्धि हुने स्थानीय किसानहरु बताउछन । 




,

0 comments

Write Down Your Responses