Powered by Blogger.
अपराध रोकथामका लागी घरदैलो अभियान

बुद्धकुमार आछामी
सिन्धुली, १९ श्रावण । समाजमा दिनानु दिन बढ्दै गएको अपराध तथा सामाजिक विकृतिहरुको अन्त्य गर्दै समाजिक रुपान्तरण र अपराध रोकथाम गर्न जिल्ला प्रहरी कार्यालयको अगुवाई तथा कमलामाई नगरपालिका कार्यालय र सामुदायीक सेवा केन्द्रको सहयोगमा नगरक्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिएको छ । 
नेपाल प्रहरीले समाजमा प्रहरी सम्बन्धी सकारात्मक धारणाको विकास गर्दै सामाजिक अपराधहरुमा न्यूनिकरण गर्न ‘अपराध रोकथामका लागी प्रहरी मेरो साथी’ सामुदायीक प्रहरी सेवा समुदायको अझ नजिक भन्ने नाराका साथ सञ्चालित घरदैलो अभियानले बुधबार नगरपालिकाको मघुटार क्षेत्र परीक्रमा गरेको छ । 
घरदैलो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की, प्रहरी प्रमुख उमासंकर पंजीयार, नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगत प्रसाद भुषाल, सामुदायीक सेवा केन्द्रका अध्यक्ष तथा समाजसेवि  रामबहादुर हायू तथा स्थानीयबासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । 
घरदैलो अभियानमा प्रहरी सेवा तथा सामाजिक समस्याका बारेमा जनताको गुनासो सुनुवाई गरिनुका साथै सामाजिक समस्या समाधानमा समुदायको सहभागीताको बारेमा छलफल गरिएको बताइएको छ । 
घरदैलोमा निस्कीएका प्रहरी उपरीक्षक उमासंकर पंजीयारले प्रहरीको कार्यक्षेत्र समाज भएकाले समाजको सुरक्षा र र सेवा गर्नु प्रहरीको प्राथामिक, सामाजिक, नैतिक र कानुनी दायीत्व रहेको बताए । 
पंजीयारले भने, ‘नेपाल प्रहरीको रणनैतिक कार्ययोजना अन्र्तगत सामुदायीक प्रहरी र मुस्कान सहितको प्रहरी अवधारणा अनुरुप प्रहरी र नागरीक बीचको सम्बन्धलाई नयाँ आयामको रुपमा विकास गर्दै समाजमा हुने अपराधिक घटनाहरुको न्यूनिकरण गर्न घरदैलो अभियान सञ्चालन गरिएको हो ।’ 
प्रहरीका नागरीक समुदाय केन्द्रित सवै कार्यक्रम तथा क्रियाकलापलाई एउँटै अवधारणामा आबद्ध गर्नका साथै प्रहरीलाई नागरीक मैत्री बनाई समाजमा हुने अपराध न्यूनिकरण गर्न केहि समय अगाडि देखी नेपाल प्रहरीले देशैभरी प्रहरी मेरो साथी अभियान सञ्चालनमा ल्याएको थियो । 
देशमा लोकतन्त्र बाहाली सँगै नेपाल प्रहरीमा आएको परिवर्तन र प्रहरीले नागरीक मैत्री हुन सुरु गरेको विविध कार्यक्रमले नागरीक समाजमा प्रहरी संगठन प्रति सकारात्मक धारणाको विकास गर्दै लगेको छ भने राजनैतिक अस्थिरताका कारण प्रहरी सेवा माथि हुने राजनैतिक हस्तक्षेपले प्रहरी सेवा माथि अविश्वास समेत पैदा गर्दै पनि लगेको छ । नेपाल प्रहरीले जनताको मन जित्न समाजसँग नजिक हुँदै राजनैतिक हस्तक्षेत्रबाट जोगिनु पर्ने सामाजिक अगुवाहरु बताउछन । 


,

0 comments

Write Down Your Responses