Powered by Blogger.
आय आर्जनमा रमाउँदै महिला समुह



सिन्धुली, ८ भाद्र । झागाँझोली रातमाटा गाविस–५ सिम्पानी गाउँकी सावित्रा आछामीलाई आजकाल भ्याइ नभ्याइ छ । पहिले श्रीमानको कमाइको आश गरेर घरमै दिन बिताउने उनी आजकाल बाख्रा पाठालाई घास खोज्न, चराउन र दाना पानी गर्नमै ब्यस्त हुन्छीन । 
उनी जस्तै झारा–५ कि रन्जना बस्नेत पनि आजकाल घरायसी कामबाट बचेको समय तरकारी खेतिमा व्यस्त हुन्छीन । आजकाल उनको घरको भान्साको लागी चाहिले ताजा तरकारीको समस्या पनि टरेको छ भने घरखर्चको लागी आम्दानी पनि । 
२०७२ वैशाख १२ गते गएको बिनासकारी भुकम्पका कारण समस्या भोगिरहेका महिलाहरुलाई लक्षित गरी प्रकोप परोपकारी केन्द्र(सिडिपी)को आर्थिक सहयोगमा शक्ति समुहले जिल्लामा सञ्चालन गरेको आयआर्जनमा सहयोग कार्यक्रम अन्र्तगत आछामी र बस्नेतले व्यवसाय सुरु गरेका हुन । उनीहरु जस्तै महिला समुहमा आबद्ध झागाँझोली रातमाटा–५ का २० परीवारका महिलाहरुले आयआर्जनको काम सुरु  गरेका छन । 
समुहमा आबद्ध २० परीवारका सदस्यहरुलाई संस्थाले प्रतिव्यक्ति रु ३० हजारको दरले सहयोग प्रदान गरेको र सहयोग पाएपछि सदस्यहरुले बाख्रापालन, तरकारी खेती, किराना पसल लगायतको व्यवसाय सुरु गरेको समुहकी अध्यक्ष संगीता चौलागाईले बताइन । उनि भन्छिन, ‘भुकम्पको पिडामा टहरामा दिन बिताइरहेका हामीहरुलाई आयआर्जनको लागी संस्थाले गरेको सहयोग निक्कै फलदायी बनेको छ ।’ ‘आयआर्जनमा जोडिएपछि घरखर्च चलेको छ ।’ चौलागाईले भनिन । 
त्यस्तै शक्ति समुहले गठन गरेको महिला समुहमा आबद्ध भएर आयआर्जनको काममा जोडिएकी अमले गाविस–३ की पूर्णिमायाँ थिङ्गले पनि बाख्रापालन गरेकी छिन । खासै समय दिनु नपर्ने र आम्दानी पनि बढी नै गर्न सकिने भएकाले आफुले बाख्रापालन पेशा रोजेको उनको भनाई छ । अमले गाविसमा पनि संस्थाको आर्थिक सहयोगमा थिङ्ग जस्तै २० परीवारका महिलाहरुले बाख्रापालन, कुखुरापालन, किरानापसल लगायतको आयआर्जनको काम गरिरहेका छन । 
शक्ति समुहले जिल्लामा भुकम्प पिडित महिलाहरुलाई लक्षित गरी झागाँझोली रातमाटा र अमले गाविसमा आयआर्जनमा सहयोगको कार्यक्रम सञ्चालन गरेपछि ति महिलाहरु आयआर्जनको पेशामा जोडिएका हुन । भुकम्पको पिडामा बसेका महिलाहरुलाई आयआर्जन मार्फत आर्थिक सशत्तिकरण गराउनु कार्यक्रमको उदेश्य रहेको र उदेश्य अनुरुप स्थानीय स्तरमा महिलाहरु निक्कै उत्साहित बनेर आयआर्जनमा लागेको शक्ति समुहकी जिल्ला कार्यक्रम अधिकृत मनिसा पोखरेलले बताइन । भुकम्प पछि जिल्लामा शक्ति समुहले भुकम्प पिडित बालवालिका, किशोर किशोरी र महिलाहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 



, ,

0 comments

Write Down Your Responses