Powered by Blogger.
सिन्धुलीमा नुनदेखी सुनसम्म ठगी !

बजारमा अखाद्य पदार्थका साथै मिसावट देखी म्याद गुज्रेकासम्म सामान विक्री

राजन गाउँले
सिन्धुली १२, भदौ । जिल्लामा कलोबजारीका कारण नुनदेखी सुनसम्म ठगी हुनेगरेको गुनासो आइरहेका बेला बजारमा अखाद्य पदार्थका साथै मिसावट देखी म्याद गुज्रेकासम्म सामान विक्री गर्नेक्रम बढेको पाइएको छ ।
जिल्लामा लामो समय पछि गरिएको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । जिल्लामा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य निरिक्षक जगतप्रकाश चौधरीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि केशव पोखरेल, जिल्ला उपभोक्ता समितीका अध्यक्ष  अच्युतम ढकाल, उध्योग वाणिज्य संघका प्रतिनिधी राम कुमार राजभन्डारी, पत्रकार लगायतको संयुक्त टोलीले गरेको बजार अनुगमका क्रममा यस्तो पाइएको हो ।
बजार अनुगमनका क्रममा नुनदेखी सुनसम्म विक्री गर्ने गरेका ब्यापारी तथा व्यावसायीहरुबाट ग्राहक तथा उपभोक्ताहरु ठगीदै आएको प्रस्ट भएको हो ।
बजार अनुगमनका क्रममा साविक मुल्यभन्दा चारगुणासम्म बढी मुल्य लिने गरेको, मुल्य सुचि नराखेको, दर्ता तथा स्विकृति विनानै विक्री वितरण गर्ने गरेको देखी, खाद्यपदार्थमा अखाद्य पदार्थको मिसावट गर्ने, अखाद्यय पदार्थको विक्री गर्ने, म्याद गुज्रेको पिय पदार्थको विक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको हो । 
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगरका अनुसार खानेतेल, दाल, चामल, तरकारी, कुखुरा, बंगुरको दाना, औषधी, निर्माणका सामाग्रीहरुमा व्यवसायीले चर्को मुल्य लिने गरेको पाइएको हो ।
उनले भने, जिल्लामा दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्रीमा मुल्य वृद्धि गर्नेदेखी खाद्य पदार्थमा लापरबाही गर्नेहरु समेत उत्तिकै भेटीएका छन् । उनिहरुमाथी आवश्यक कारबाहीको प्रक्रिया समेत अघि बढाइएको छ ।’
अनुगमनका क्रममा धरै जसो ब्यापारीहरुले चिसो पिय पदार्थका साथै म्याद सकिएका रक्सीहरु विक्री गर्ने गरेको पाइएको छ । सारुमगरका अनुसार अनुगमन टोलीले सिन्धुली स्थित विभिन्न किराना पसल, खाध्य उध्योग तथा होटल रेस्टुरेन्ट र मिठाइ पसल अनुगमन तथा निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा कमलामाई नगरपालिका ६ स्थित हेमन्त किराना पसलबाट म्याद सकिएका विभिन्न प्रकारका खाद्यय समाग्री जफत गरी कारबाही अघि बढाइएको छ । यस्तै कनपा ६ कै निशा किराना पसलबाट म्याद सकिएको ९ सय १० बोटल पिय पदार्थ नियन्त्रण लिइएको छ । प्रकाश किराना पसल, शुभलक्ष्मी इन्टरप्राइज, सपना किराना पसल, श्रेष्ठ जेनेरल स्टोर्स लगायतबाट म्याद सकिएका पिय तथा अखाद्य पदार्थ लगायतका सामाग्री नियन्त्रणमा लिएर कारबाही थालीएको छ ।
कतिपय ब्यावसायीले मुल्य सूचिनै नराख्नेदेखी, खाद्य पदार्थ र अखाद्य पदार्थ एकैठाउँ मिसाएर राख्ने गरेको पाइएको छ । जिल्लामा दाल तथा प्याजमा समेत ब्यापक मुल्य बढेको छ । हरियो तरकारीको मुल्य समेत जिल्लामा छोइ नसक्नुको भएको गुनासो छ ।  जिल्लामा नुनको मुल्यमा समेत एकरुपता छैन भने, सुन ब्यावसायीले पनि मनपरी गर्ने गरेका छन् । बजारका कुनैपनि ब्यपारीले टाँस गरेको मुल्य सुचिका आधारमा सामान विक्री नगर्ने गरेको पाइएको स्थानीय उपभोक्ता सरोज भट्टराइले बताए ।
जिल्लामा सुन ब्यापारीहरुले समेत बढी रसायन हालेर ग्राहकलाई ठगी गर्ने गरेका छन् । उनिहरुले ज्यालामा समेत बढी मुल्य लिने गरेको एक स्रोतले जनायो । 




, ,

0 comments

Write Down Your Responses