Powered by Blogger.
प्रयोग विहिन बन्याे सामुहिक आवास

सामुहिक अावास भवन निर्माण गर्दै नेपाली सेना । फाइल फाेटाे 

राजन गाउँले
सिन्धुली १२, भदौ । भुकम्प प्रभावितहरुको लागि तयार गरीएको सामुहिक आवास जिल्लामा प्रयोग विहिन भएको छ । 
जिल्लाका ४८ परिवारका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको सामुहिक आवासमा निर्माण भएको दुई महिना वित्दा समेत पिडितहरु बस्न नआएका हुन् । 
सामुहिक आवासमा कस्ता प्रकारका पिडित बस्ने भन्ने अन्यौल र घर, खेतीपाती, बस्तुभाउ सबै छाडेर आउनु पर्ने भएका कारण पनि सामुहिक आवासमा बस्ने पिडितहरु नभएका हुन् । 
अस्थायी बसोबास गर्नु पर्ने र घरब्यबहार सबै छाडेर आउनु पर्ने भएकाले अस्थायी आवासमा बस्नुभन्दा जोखीम मोलेर धराप घरमै बस्न बाध्य भएको पिडितहरुले बताएका छन् । 
जिल्लामा नेपाली शेनाले सामुहिक आवास निर्माण गरेको थियो । आठ÷आठ परिवार बस्न मिल्नेगरी सिन्धुलीको कमलामाई नगरापालिका ९ स्थित ढुङ्ग्रेवासमा दुईवटा, बाशेश्वर ३ बलेनीमा दुईवटा र वितीजोर २ मा दुई वटा गरी ४८ परिवारका लागि ६ वटा ‘स्टील बडी’ ब्लक निर्माण गरिएको थियो ।
तर, ति कुनैपनि सामुहिक आवास मा पिडितहरु बस्न आएका छैनन् । कस्त प्रकारका पिडितहरुलाई बस्न दिने भन्ने सहमति भइ नसकेका कारण पनि आवसमा बसाउन नसकिएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनायो । 
उता पिडितहरुले अस्थायी आवासमा बस्न आउँदा थातथलो छाड्नु पर्ने, त्यहाँ भएका बस्तुभाउ, खेतीपाती, सबै विग्रने भएकाले आउनै नमानेका कारण खाली भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुषलले बताए । ‘प्राय सबै जिल्लाका सामुहिक आवासमा पिडितहरु बस्न मानेका छैनन्,’ उनले भने, ‘पिडितहरुले घर करेसाबारी सबै छाडेर आउनु पर्ने र एउटा कोठाभित्र अटाउनु पर्ने भएकाले सामुहिक आवासमा पिडितहरु बस्न मानेका छैनन् ।’
सिन्धुली जस्तै रामेछाप, दोलखा, काभ्रे लगायतका भुकम्प प्रभावित अन्य जिल्लामा निर्माण गरीएका यस्ता आवसमा पनि पिडितहरु बस्न नमान्दा खालीनै रहेको भुषालको भनाई छ ।
पिडितहरु बस्न इच्छुक नभएपछि सिन्धुलीमा भने त्यस्ता आवासहरुलाई विपत्तका बेला अस्थायी बसोबासका रुपमा प्रयोग गर्न सकिने तर्क गर्न थालीएको छ । वर्षातको समयमा हुनसक्ने विपत्तलाई मध्यनजर गर्दै निर्माण गरीएका यस्ता आवासहरु वर्षात सकिएपछि निर्माण सम्पन्न हुँदा पनि त्यसको आवश्यकता कम हुँदा उपभोग पनि त्यस्तै भएको हुन सक्ने कतिपयको भनाई छ । 


0 comments

Write Down Your Responses