Powered by Blogger.
पिडितहरु अझै गुनासो दर्ता गर्दै



सिन्धुली १२, भदौ । राष्ट्रिय पुर्न निर्माण प्राधीकरणले निजी आवास निर्माणका लागि दुईलाख रुपैयाँ वितरणका लागि कतिपय पिडितहरुसंग सम्झौता गर्दै पहिलो किस्ताको रकम वितरण थालेपनि जिल्लामा गुनासो दर्ता गर्नेहरुको संख्या पनि उत्तिकै छ ।
दुई लाख अनुदान पाउने सेवा ग्राहीको सूचिमा आफ्नो नाम नपरेपछि जिल्लाका पिडितहरुले गुनासो दर्ता गराउने क्रम बढ्दै गएको हो । 
कमलामाई र दुधौली नगरपालिका तथा जिल्लाका ५० वटा गाविसका पिडितहरुले धमाधम गुनासो दर्ता गराइ रहेका हुन् । इन्जीनियर र गाउँका ठुलाठालुको लापरबाहीका कारण बास्तविक पिडितहरुको लाभग्राहीको सूचिमा नाम समाबेस नगरी दिएपछि आफुहरु गुनासो दर्ता गर्न बाध्य भएको पिडितहरुले बताएका छन् ।
प्राधिकरणले सार्वजनीक गरेको लाभग्राहीको सूचिमा आफ्नो नाम नपरेपछि गाविसको कार्यालयमा पुगेर गुनासो दर्ता गरेको हत्पते गाविस ४ का भुकम्प पिडित भुवन विकले बताए । विक भुकम्पको एक झड्कामै घर गोठ ध्वस्त हुँदा १३ महिनादेखी अस्थायी टहरोमा बस्दै आएका छन् । उनले गाउँमा घरै नभएका, एकै घरका चार जनासम्म र पहुँच हुनेहरुको नाम दुई लाख रुपैयाँ पाउनेको सूचिमा भएपनि आफ्नो नाम नपरेकोमा दुःख व्यक्त गर्दै गुनासो दर्ता गर्न बाध्य भएको जनाए । उनले गाविसका सचिव, सामाजिक परिचालक र प्रमाणिकरणमा खटिएका इन्जीनियरको बदमासी भएको भन्दै उनिहरुमाथी आक्रोस समेत व्यक्त गरे ।
गाउँमा घरै नभत्केकाको नाम भएपनि १३ महिनादेखी बालबच्चा टहरोबाट सरकारलाई कुरेर बस्नेहको नाम नपरेपछि आफुहरु गुनासो गर्न बाध्य भएको झाझोली रातमाटाका मुरली आछामीले बताए । 
उनले भने, ‘आफ्नो नामपनि पिडितको सूचिमा समावेश गर्न माग गर्दै गाविस सचिवसंग गुनासो दर्ता गराएको छु । हेरौं हाम्रो मागबारे सुनुवाई हुन्छकी हुँदैन् ।’ गाविसमा लाभग्राहीको सूचिमा पर्नेहरुले सम्झौता गर्दै पहिलो किस्ता लिन थालेपनि आफहरु जस्ता सयौं पिडितले गुनासो दर्ता गरीरहेको उनको भनाई छ । गउामा छुटेकाहरु हिजोआज पनि धमाधम गुनासो दर्ता गरीरहेका छन् । 
प्राय पिडितहरुले सामुहिक र व्यक्तिगत गरी दुई तरीकाबाट गुनासोहरु दर्ता गरीरहेका छन् । हालसम्म जिल्लामा १४ हजार ६ सय ९९ सय पिडितको गुनासो दर्ता भइसकेको छ । ति मध्ये १० हजार ४ सय ४८ परिवारको नाम छुटेको ५ सय ९२ को सर्भेक्षणनै छुटेको लगायतका छन् । गुनासो गर्नेहरुको संख्या बढ्दै गएको छ । 
 गाउँमा कम क्षती भएका देखी घरै नभएका सम्मको अनुदान पाउने सुचिमा नाम भएपनि आफुहरुको नाम नियतबस छुटाइएकोले नाम सिफारीस गरिदिन माग गर्दै डेलीगेसन आएको जिनाखुका पदम मोक्तानले बताए । उनले यहि अवस्था रहे वास्तविक पिडितले नपाउने र गैर पिडितले मात्र अनुदान पाउने अवस्था आएको सुनाए । 
‘हामीहरु एक वर्षदेखी सरकारको सहयोगको पर्खाइमा बसेका छौं । अहिले सहयोग पाउनेत कुरै छाडौं । पिडितको सूचिमा नाम समेत छैन् । सरकारले गर्नुसम्मको अन्याए ग¥यो । भुकम्पको पिडाभन्दा सरकारी प्रक्रिया र पिडित पहिचानमा दर्ता गराउँनै हैरानी व्यहोर्नु प¥यो,’ उनले भने ।
पिडितहरुले आफुहरुको नामपनि समावेश गरी लाभग्राहीको सूचि सार्वजनीक नगरे गाउँगाउँमा सम्झौता नै हुन नदिने भन्दै दूई महिनादेखी सम्झौता प्रक्रिया विथोलेका छन् । गुनासो दर्ता गर्नेहरुको कारण जिल्लाको हतपते, हर्षाही, जलकन्या, रतनचुरा लगायतका गाविसमा हालसम्म सम्झौता प्रक्रिया अघि बढ्न सकेको छैन् । 
अघिल्लो तथ्याकं अनुसार सिन्धुली जिल्लामा रातो कार्ड पाउने पिडितहरुको संख्या २२ हजार १ सय ८६ रहेको थियो । पछिल्लो पुर्ननिर्माण लगत संकलनको क्रममा १२ हजार ७० बढेर कुल ३४ हजार २ सय ५६ पुगेको छ । तर पनि अघिल्लो पटक दश र पन्द्र हजार पाउँने कार्ड भएकै पिडितहरु लाभग्राहीको सूचिमा अट्न सकेका छैनन् । बास्तविक पिडितको नामा छुटाइएको भन्दै जिल्लामा १५ हजारबढीको गुनासो परेको छ । अझै गुनासो आउने क्रम जारी रहेको बताइएको छ । जिल्लामा यस अघिकै तथ्याङ्को तुलना गर्ने हो भनेपनि झण्डै १२ हजार पिडितको संख्या बढेको छ । यस्तो संख्या भुकम्प प्रभावित सबै जिल्लामा बढेको स्रोतको भनाई छ ।


0 comments

Write Down Your Responses