Powered by Blogger.
सरकारलाई चीन र भारत दुवैकाे सहयोग हुन्छः गजुरेल


सिन्धुली, २१ श्रावण । नेकपा(माओवादी केन्द्र)का बरिष्ठ नेता हरिबोल गजुरेलले प्रचण्ड नेतृत्वमा बनेको सरकारलाई चीन र भारत दुवै छिमेकीले सहयोग गर्ने बताएका छन । 
सुक्रबार सिन्धुलीमाढीमा प्रेश सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गजुरेले भने, ‘छिमेकी राष्ट्र चीन र भारतले पनि अब सरकारलाई सहयोग गर्छन, उनीहरु निक्कै अप्ठेरोमा छन ।’ असहयोगले उनीहरुलाई कमजोर बनाएकाले बाध्य भएर सहयोग गर्ने परिस्थितीमा छिमेकीहरु आइपुग्ने उनको दावि थियो । 
पुर्व कृषि मन्त्री समेत रहेका गजुरेलले प्रचण्ड नेतृत्वको सरकार प्रति जनताको आशा र आसंका दुवै रहेको बताउँदै भने, ‘यो सरकार बाध्यात्मक परीवेशमा निर्माण भएको हो, प्रधानमन्त्री बन्ने प्रचण्डको महत्वकाक्षाले माओवादीको नेतृत्वमा सरकार बनेको होइन ।’ शान्ति प्रक्रियालाई टुंगोमा पुयाउन र संविधानलाई कार्यान्वयन गर्न प्रचण्डको नेतृत्व र काग्रेससँगको सहकार्य आवश्यक्ता रहेको उनको भनाई थियो । 
उनले देशलाई दुर्घटनाबाट बचाउन काग्रेससँगको भद्र सहमतिमा नयाँ सरकार निर्माण गर्नुपर्ने आवश्यक्ता बोध भएको समेत बताए । गजुरेलले भने, ‘सक्ताका लागी भद्र सहमति गरिएको होइन, देशलाई बचाउन र शान्ति प्रक्रियालाई टुंगो लगाउन नयाँ मोर्चा निर्माण गरिएको हो ।’ भद्र सहमति अनुसार ९ महिना पछि काग्रेस नेतृत्वमा देश अगाडि बढ्ने उनको भनाई थियो । 
पुर्व कृषि मन्त्री गजुरेलले कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्दा आफुबाट भएका सामान्य कमजोरी प्रति आत्मालोचना गर्दै कृषि क्षेत्रमा आफुले आमुल परीवर्तन ल्याउने प्रयास गरेको पनि दावि गरे । उनले भने,‘ कृषकलाई पेन्सन र कृषि पकेट क्षेत्र निर्माणको काम अगाडि बढिसकेको छ, यो सवैभन्दा दुरगामी र महत्वपूर्ण छ ।’ कृषकहरुलाई उत्साहित बनाएर मात्र कृषि क्षेत्रको विकास हुने र कृषि क्षेत्रको विकासले देशलाई माथि उठाउन सकिने उनको भनाई थियो । 


,

0 comments

Write Down Your Responses