Powered by Blogger.
दाहालको स्मृतिमा शोक सभा

सामाजिक कार्यका लागी बिनाेदराज दाहाल स्मृति ट्रस स्थापना गरीने 

सिन्धुली, २१ श्रावण । सिन्धुलीको कम्युनिष्ट आन्दोलनका प्रखर तथा जुझारु नेता विनोदराज दाहालको असामयीक तथा अप्राकृतिक दुःखद निधन प्रति दुःख व्यक्त गर्दै नेकपा(माओवादी केन्द्र) सिन्धुलीले शुक्रबार शोक सभा गरेको छ ।
नेकपा(माओवादी) केन्द्रका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको अध्यक्षतामा भएको शोकसभामा नेकपा(माओवादी) केन्द्रका बरिष्ठ नेता तथा पुर्व मन्त्री हरिबोल गजुरेल, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल,  वैद्य माओवादीका  नेता शान्तिमान कार्की, नेता भुपाल बराल लगायतले दाहालले नेपाली कम्युनिष्ट आन्दोलन र सिन्धुलीको आन्दोलनमा पुयाएको योगदानको चर्चा गर्दै उनको सपना पुरा गर्न र समाजमा यस्ता अप्राकृतिक घटनाहरु दोहोरीन नदिन बामपन्थी आन्दोलनलाई एकजुट बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । 
बावु डिल्ली प्रसाद र आमा विष्णु कुमारी दाहालको जेठो सन्तानको रुपमा पुरानो झागाँझोली–६ नागेडाडामा २०२५ साल जेठ २ गते जन्मीएका दाहाल १३ वर्ष देखि राजनैतिक जिवनमा क्रियाशिल थिए । कम्युनिष्ट दर्शनबाट प्रेरित भएर राजनीतिमा क्रियाशिल भएका उनी पार्टी र आन्दोलनभित्र अध्यनशिल संघर्षशिल, स्पष्ट वक्ता, निस्वार्थी र मिलनसार नेताको रुपमा परीचय बनाएका थिए । 
सामाजिक रुपान्तरणको यात्रामा आफ्नो उर्जाशिल समयलाई खर्चिएका दाहालले पार्टीको राजनैतिक तहमा बसेर विभिन्न् जिम्मेवारी समेत निर्वाह गरीसकेका थिए । पछिल्लो समय उनी नेकपा(माओवादी केन्द्र)सँग आबद्ध रहेर क्रियाशिल थिए । 
कम्युनिष्ट आन्दोलनमा आएको वैचारिक विचलन र विभाजनकै कारण उनी पछिल्लो २ वर्ष देखी मानसीक रोगको सिकार बन्न पुगेका थिए । परीवारको निगरानीमा उपचार गराइरहेका दाहालको गत श्रावण ९ गते दुखद तथा अप्राकृतिक निधन भएको थियो । 
दाहाल परीवारले उनको सपना साकार पार्न विभिन्न् सामाजिक कार्यहरु गर्ने उदेश्यका साथ विनोदराज दाहाल स्मृति ट्रस निर्माण गर्ने निर्णय समेत गरेको छ ।


,

0 comments

Write Down Your Responses