Powered by Blogger.
स्तनपान सप्ताह सम्पनन्



सिन्धुली, २३ श्रावण । ‘स्तनपानः दिगो बिकासको आधार’ भन्ने मुल नाराका अगस्ट १ देखि ७ सम्म विश्वभर मनाइएको स्तनपान सप्ताह २०१६ आइतबार सकिएको छ । 
हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै मनाइएको सप्ताह अन्र्तगत जिल्लाका ५५ वटै स्वास्थ्य संस्थाहरु तथा महिला स्वास्थ्य स्वयेम सेविकाहरुको अगुवाईमा सुनौलो हजार दिन भित्रका आमाहरुको वीचमा अन्तरक्रिया गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका गुजेश्वरीलाल श्रेष्ठले बताए । 
सप्ताहको अवसरमा बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने र गाइ भैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले बच्चालाई ६ महिना सम्म अनिवार्य रुपमा आमाको दुध खुवाउन आमाहरुलाई सचेतना प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । 
जिल्लामा स्तनपान सप्ताहलाई सफल बनाउन युनिसेफले आर्थिक सहयोग र नेपाल स्वास्थ्य शिक्षा समुह(नेफेग)ले प्राविधिक सहयोग गरेको बताइएको छ । विश्व स्वास्थ्य संगठन र युनिसेफले विश्वभर स्तनपान सप्ताह मनाउन  गरेको आग्रह अनुसार नेपालमा पनि प्रत्येक वर्ष यो दिवस सप्ताह व्यापी रुपमा मनाइदै आइएको छ ।


,

0 comments

Write Down Your Responses