Powered by Blogger.
सिन्धुली अस्पताल भित्र डाक्टरहरूकाे कक्टेल पाटी

बुद्धकुमार आछामी
सिन्धुली, २३ श्रावण(अस्पताल डायरी) । बिरामीहरुको उपचार गर्ने अस्पताल परिसर भित्र अस्पतालकै जिम्मेवार पदाधिकारी र डाक्टर तथा अन्य कर्मचारीहरुले कक्टेल पार्टी गरे भन्ने सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर अनौठो मान्नु पर्दैन किनकी जिल्ला अस्पताल सिन्धुली भित्र आइतबार साझ त्यहि काम निर्भिकताका साथ भईरहेको थियो । 
अस्पताल विरामीहरुको उपचार गर्ने थलो हो । जहाँ बिरामीहरु नयाँ जीवन प्राप्तीको आशा बोकेर उपचारका लागी पुग्ने गर्छन । तर आइतबार साझ जिल्ला अस्पताल पुगेका बिरामी र बिरामीका आफ्न्तहरु अस्पताल विकास समितिका जिम्मेवार पदाधीकारी र डाक्टर तथा अन्य कर्मचारीहरुको तमासा हेरेर दंग नै परे । 
यता इमरजेन्सी तर्फ बिरामीहरु आउने क्रम जारी थियो । उता अस्पताल भित्रै आगनमा गाडिएको टेन्टमा रसीला गाना बजाना सहित कक्टेल पाटी चलिरहेको थियो । इमरजेन्सीमा आएका आधा दर्जन बिरामी र भर्ना भएर बसेका १४ जना बिरामीहरुको निगरानी प्राक्टीकलका लागी अस्पताल गएका सिएमए तथा अनमी पढिरहेका विद्यार्थीहरुले मात्र सम्हाली रहेका थिए । 
यता अस्पताल भित्र बिरामीहरु पिडाले छटपटाई रहदा उता उपचार सेवा दिनुपर्ने डाक्टरहरु अस्पतालकै आगनमै सोमरसको सुरमा नाचीरहेका थिए । आइतबार जिल्ला अस्पतालमा भइरहेका यी सवै दृश्य र घटनाहरुले अस्पताल भन्ने पवित्र शब्दलाई नै गिज्याईरहेको थियो । 
कक्टेल पार्टीको लागी कुनै विषय वा सन्दर्भ आवश्यक हुन्छ । अस्पताल विकास समितिले अस्पताल भित्रै सुरु गरेको अस्पताल फार्मेशी उदघाटन आइतबारको कक्टेल पार्टीको सन्दर्भ र विषय थियो । जनतालाई सुपथ र सहज हिसाबले अस्पताल भित्रै औषधी बिक्रि कक्ष राखेर सेवा दिन सुरु गर्नु अस्पताल प्रशासनको सकारात्मक कार्य होला तर त्यहि अवसरमा कक्टेल पार्टी गर्नु कति सुहाउँदो विषय हो ? सरोकारवाल र सम्बन्धीत निकायले यो प्रश्नको जवाफ खोज्न जरुरी छ । 
२४ सै घण्टा जनताको सेवामा सर्मपित आदरणीय डाक्टर तथा अस्पताल भित्रका कर्मचारीहरुले रमोइलो गर्नु हुँदैन कसैले भन्नै मिल्दैन । जीवनलाई स्वच्छ राख्न रमाइलो आवश्यक छ । तर रमाइलो पदीय मर्यादा र परिस्थिती अनुसार गर्नुपर्छ । रमाइलो गर्ने ठाउँको छनौट गर्न सक्नु पर्छ । अस्पताल विकास समितिका अध्यक्ष, प्रमुख डाक्टर र अन्य डाक्टर तथा कर्मचारीहरुले रमाइलो गर्ने ठाउँको रुपमा अस्पताल परिसरलाई छनौट गर्नुभयो त्यो अत्यन्तै वालापन, गैरजिम्मेवारी, संवेदनहिनता र  गैरकानुनी समेत थियो । 
अस्पताल प्रशासनले २ हप्ता अगाडि मात्र अस्पताल परिसर भित्र मापसे गर्नेहरुले सेवा प्रवाहमा समस्या पारेको भन्दै मापसे जाँच र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन, प्रहरी, शसस्त्र प्रहरी, क्षेत्रीय प्रशासन र प्रधानमन्त्री कार्यालयलाई समेत बोर्दाथ दिएको पत्र सर्वसाधारणको जानकारीको लागी टास गरेको थियो । तर विडम्बना त्यहि पत्रमा हस्ताक्षर गर्ने अस्पताल प्रमुख डा.कल्याण कुमार बस्नेत आइतबार अस्पताल भित्रै थिए मात्र होइन आफै कक्टेल पाटीको प्रमुख पात्रको रुपमा थिए । 
राजनैतिक नियुक्तिमा आधारमा अस्पताल विकास समितिका अध्यक्ष बनेका नेकपा(एमाले)का नेता बिनोद खड्का पनि कक्टेल पाटीमा सहभागी थिए । अस्पतालको सुधारमा सामाजको तर्फबाट भुमीका निर्वाह गर्न अध्यक्ष भएका खड्काले अस्पताल भित्रै देखाएको तमासा उदेक लाग्दो थियो । केहि डाक्टरहरु जाड खान र रमाइलो गर्न पाउनु आफ्नो अधिकार हो भन्दै अधिकार कसैले खोसीदिएको आसयमा प्रस्तुत भइरहेका थिए । 
अस्पताल भित्रको यो तमासा विडम्बना नै भन्नु पर्छ । इमरजेन्सीमा आफ्नो बिरामी छोरी कविता श्रेष्ठलाई लिएर डाक्टरको प्रतिक्षामा बसेका कनपा–६ का हरिबहादुर श्रेष्ठमा निराशा र आक्रोश दुवै थियो । श्रेष्ठ भन्दै थिए ‘अस्पतालमा विरामी लिएर आएको, उता डाक्टरहरुको रमाइलो पाटी रैछ, समयमा उपचार पाउन सकिएन ।’ आक्रोशित श्रेष्ठले प्रश्न गरे, ‘अस्पताल परिसर भित्रै कक्टेल पाटी गर्ने हाकिम र नेतालाई कानुन अनुसार कार्वाही हुन्छ कि हुँदैन ?’ उनको प्रश्न र अपेक्षा जायज थियो तर व्यबाहार हेर्न पर्खनै पर्ने बाध्यता छ । 
श्रेष्ठ जस्तै दर्जनौ बिरामी र उनीहरुका आफ्न्तहरु यहि प्रश्नको उत्तर खोजिरहेका थिए । अस्पताल परिसर भित्र कक्टेल पार्टी गर्ने नेता, डाक्टर र कर्मचारीलाई कार्वाही हुन्छ कि हुँदैन ? 
स्थानीय तहमा कार्वाही गर्न सक्ने जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले आफुले घटनाको जानकारी प्राप्त गरिसकेको बताएका छन । कार्कीले भने, ‘असहज रुपमा अस्पताल परिसर भित्रै पाटी चलिरहेको खबर प्राप्त भएको छ, त्यसको बास्तविकता बुझ्न प्रहरी परीचालन गरेको छु ’ प्रहरीले बास्तविकता ल्याएपछि आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउने कार्कीले बताए ।
संवेदनशिल क्षेत्र अस्पतालमा बसेर जिम्मेवार भुमीका निर्वाह गरिरहेका नेता, डाक्टर र कर्मचारीहरुले नै आफ्नो पदीय जिम्मेवारी, सामाजिक दायीत्व र कानुनी विषयलाई ख्याल नै नगरी रमाइलो गर्ने नाममा अस्पताल परिसर भित्रै गरेको कक्टेल पार्टी गर्नु विकृति हो ।  पुरै गैरजिम्मेवारी, असामाजिक र गैर कानुनी काम गर्ने जिम्मेवार व्यक्तिहरुलाई समाज र प्रशासनले के सजाय दिन्छ त्यो भने हेर्न बाँकी छ । 



, ,

0 comments

Write Down Your Responses