Powered by Blogger.
माओवादी केन्द्र सिन्धुलीको एकता भेला सम्पनन्


दाहालको संयोजकत्वमा ५ सय ५१ सदस्यीय सम्मेलन आयोजक समिति 

बुद्धकुमार आछामी 
सिन्धुली, २७ भदौं । नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको एकता भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको अध्यक्षतामा भएको भेलाले लेखनाथ दाहाल(राजन)को संयोजकत्वमा पाँच सय ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जनाइएको छ ।
भेला नेकपा(माओवादी केन्द्र)का बरिष्ठ नेता राम बहादुर थापा(बादल)को प्रमुख आतिथ्यतामा सम्पनन् भएको थियो । भेलालाई सम्बोधन गर्दै थापाले कम्युनिष्टहरुले लामो आन्दोलनबाट प्राप्त गरेको उपलब्धीहरुको रक्षा र नयाँ उपलब्धीहरु हासील गर्नका लागी नेपालमा मात्र होइन विश्व भरिका कम्युनिष्टहरु बीच एकताको आवश्यक्ता रहेकाले नेपालमा पनि माओवादी लगायत विभिन्न् धाराका कम्युनिष्टहरु वीच एकता भएको बताए । 
उनले भने, ‘एकता बिना प्राप्त उपलब्धीहरुको रक्षा र विकास संभव छैन भन्ने माक्र्सवादी मान्यता अनुसार नै हामीहरु वीच एकता भएको छ ।’ एकताले नै बलियो बनाउने भएकाले बलियो बनेर पार्टी र आन्दोलनलाई अगाडि बढाउन लैजान कार्यकर्ताहरुलाई आग्रह गरे । 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का कार्यालय सदस्य तथा पुर्व कृषि मन्त्री हरिबोल गजुरेलले सिन्धुली जिल्ला नेपाली कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेको जिल्ला भएकाले त्यो इतिहासको रक्षा गर्दै अगाडि बढ्न सक्नु पर्ने बताए । उनले पुर्वको रोल्पाको रुपमा स्थापित सिन्धुलीले फेरी पनि नयाँ पार्टी निर्माणको आन्दोलनमा सवै नेता तथा कार्यकर्ताहरु जागरुक भएर लाग्नु पर्नेमा जोड दिए । 
भेलालाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जनतानै सार्वभौम शक्ति भएकाले जनताको पक्षमा काम गर्दै पार्टीलाई बलियो बनाउन लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । एकता रुपान्तरणको पक्षमा हुनुपर्नेमा जोड दिर्दै पोखरेलले भने, ‘एकता सास्कृतिक रुपान्तरण र नयाँ क्रान्तिलाई संगठित गर्नका लागी हुनुपर्छ ।’ रुपान्तरण प्रश्न नै पार्टीको पहिलो प्रश्न रहेकाले माथि देखी तल सम्म पार्टीलाई रुपान्तरण गरेर लैजानु पर्ने पोखरेलको भनाई थियो । 
एकता भेलामा माओवादी केन्द्रका केन्द्रिय नेताहरु महेश्वर दाहाल, निरु दर्लामी, गणेश वुढाथोकी लगायतको उपस्थिती रहेको थियो । 
एकता भेलामा नेकपा(माओवादी केन्द्र) गठन प्रक्रियाको क्रममा एकतामा सामेल भएका जिल्लाका पार्टी नेता, जनवर्गीय संगठनका नेताहरुको सहभागीता रहेको थियो । 


, ,

0 comments

Write Down Your Responses