Powered by Blogger.
देश गम्भीर संकटमा छ - कमल थापा





बुद्धकुमार आछामी 
सिन्धुली १६ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यतिबेला देश गम्भीर संकट र संक्रमणमा रहेको बताएका छन । 
बिहिबार माढीबजारमा राप्रपा नेपाल सिन्धुलीले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘ लामो समय देखी संक्रमणबाट गुज्रेको देश नयाँ संविधान निर्माण पछि जनताको अपेक्षा अनुसार अगाडि बढ्न सकेन, संविधान कार्यान्वयन गर्दै सक्रमणको अन्त्य गर्न अगाडि बढ्नु पर्ने राजनैतिक दलहरु फेरी सक्ता केन्द्रित फोहोरी खेलमा लागेका छन ।’ 
‘सक्ता मोहले संविधान कार्यान्वयन खतरामा परेको छ’, थापाले भने । प्रधानमन्त्री हुन प्रचण्डले नेपाली काग्रेसका अध्यक्ष देउवासँग तमसुक गरेको आरोप लगाउँदै थापाले २६ बर्षे बहुदलीय शासनमा २४ वटा र ९ वर्षे गणतान्त्रिक शासनमा ९ वटै सरकार बन्दा देशले विकास र स्थिरता पाउन नसकेको बताए । 
केपी ओली नेतृत्वको सरकारले विकास, स्थिरता र संविधान कार्यान्वयनको लागी महत्वपूर्ण काम गरेको बताउँदै सरकार परिवर्तन गरेर माओवादी र काग्रेसले जनतामा निराशा थपेको उनले आरोप लगाए । 
केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको भुमीका समेत निर्वाह गरेका थापाले भारतीय नाकाबन्दी खुलाउन ६ महिनामा ५ पटक आफु भारत पुगेको समेत खुलासा गरे । 
देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यक्ता रहेको बताउँदै थापाले देशलाई संकटबाट बचाउन समान विचारधारा राख्ने शक्तिहरुसँग राप्रपा नेपालले एकताको प्रयास जारी राखेको बताए । 
राप्रपासँगको एकताको बारेमा थापाले अन्तिम चरणमा पुगेर पशुपति शमशेरले धोका दिएका कारण एकता टुंगोमा पुग्न नसकेको बताए । उनले भने, “बिवाहको सम्पूर्ण तयारी पुरा भएर दुलाहा जग्गेमा पुगेको अवस्थामा दुलही भागीन ।” पशुपति शमसेर नेतृत्वको राप्रपा हाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएकाले सक्ता पक्ष र प्रतिपक्ष वीच एकता तत्काल संभव नदेखिएको थापाको भनाई थियो । 
नेपालगन्जको धम्बुजी चोकमा स्थानीयहरुले स्वतस्र्फुत रुपमा राजा बिरेन्द्रको शालिक पुर्नस्थापना गर्ने क्रममा प्रहरीले दमन गरेको घटनाको विरोध गर्दै थापाले जनताको चाहाना र इच्छा माथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरे । 
स्थानीय निकाय पुर्नसंरचना आयोग संवैधानिक रुपमा बनेको हुनाले त्यसको काम कार्वाहीमा हस्तक्षेप नगर्न समेत उनको सरकारलाई आग्रह छ । उनले आयोगले समयमै काम नसकेमा स्थानीय निकायको निर्वाचनमा समस्या हुने र संवैधानिक रिक्तता आउने बताए । 
थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र सनातन धर्मको रक्षाको लागी पार्टीलाई बलियो बनाउन लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन । 


, ,

0 comments

Write Down Your Responses