Powered by Blogger.
विवाद भएको चार वर्षपछि बल्ल विव्यस गठन


राजन गाउँले
सिन्धुली १७, भदौ । गैर अभिभावक हावि भएको भन्दै शिक्षक अभिभावक विच विवाद भएपछि अबरुद्ध विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन कार्य चार वर्षपछि पुरा भएको छ ।
कमलामाई नगरपालिका–४ जरायोटार स्थित मनकामना प्राविले विवाद भएको चार वर्षपछि नयाँ व्यवस्थापन समिति पाएको हो । विद्यालयमा बिहीबार बसेका अभिभावकहरुको भेलाले स्थानीय गोविन्द खड्काको अध्यक्षतामा नौं सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
यस अघि झण्डै ९ वर्षदेखी व्यवस्थापन समिति विहिन भएको उक्त विद्यालयमा २०६९ असोज १८ गते स्थानीय प्रेमबहादुर भण्डारीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएपनि भण्डारी गैर अभिभावक भएको भन्दै शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा उजुरी गरेपछि उक्त समितिले मान्यता पाएको थिएन् । 
त्यस लगत्तै शिक्षक र अभिभावकहरुविच विवाद बढेको थियो । विद्यालयका प्रअ विनु खड्का लागयतले गैर अभिभावकहरुले शिक्षा ऐन विपरित व्यवस्थापन समिति गठन गरेको र आफुलाई पनि जवरजस्त निर्णय गराउन लगाएको आरोप सहित शिक्षा कार्यालयमा उजुरी गरेपछि शिक्षा कार्यालयले उक्त समितिलाई मान्यता नदिने लिखित पत्र पठाएपछि अभिभावकहरुले उक्त विद्यालयमा २०६९ असोज २८ गतेदेखी तालाबन्दी गर्दै पठनपाठन अबरुद्ध गर्दै आएका थिए ।
त्यस यता पटक–पटक विद्यालय व्यवस्थापन समिति गठन गर्ने र विद्यालयमा भएको विवाद मिलाउने प्रयत्न गरिएको भएपनि सफल भएको थिएन् । तर, गत साउन २५ गते ताला लागेको चार वर्षपछि शिक्षा कार्यालय, प्रहरी, शिक्षक र अभिभावकले विद्यालय प्रशासनमा लागेको तालाबन्दी खोलेर घट्नाबारे छानविन थालेपछि विद्यालयमा व्यवस्थापन समिति पुनः गठन गर्ने विषयमा स्थानीय अभिभावकहरु विच सहमति भएको थियो । सहमति अनुसार शिक्षा कार्यालयका स्रोत व्यक्ति प्रदिप न्यौपानेको उपस्थितीमा बिहिबार खड्काको अध्यक्षमा विद्यालय व्यवस्थापन समिति र तत्काली विवादीत व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भण्डारी शिक्षक अभिभाक संघको अध्यक्ष चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समिति प्रक्रियामा भने विद्यालयका विवादीत प्रअ तथा शिक्षकहरुको सहभागिता भने गराइएको थिएन् । 
स्थानीय अभिभावकहरुलेनै भोलेन्टीयर शिक्षकको रुपमा राखीएका एक शिक्षकलाई प्रअ बनाई व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाइएको स्रोत व्यक्ति न्यौपानेले बताए ।
उनले चार वर्षदेखी विवादीत विद्यालयको समस्या समाधानकै लागि परिमार्जीत शिक्षा ऐन अनुसार व्यवस्थापन समिति गठन गरेको बताए ।
उनले भने, ‘अव विद्यालयमा भएको अनियमितता, शिक्षक अभिभावकहरु विचको विवाद सबै छानविन गर्ने र विद्यालयमा नियमित पठन पाठनको कार्य अघि बढाइने छ ।’
उक्त विद्यालयका प्रअ खड्का, शिक्षिका कमला खड्का र बालकोटाकी शिक्षीका मैयाँ कार्की ४७ महिना देखी कमलामाई नगरपालिका–४ स्थित उमावि फोस्रेटारमा काजमा छन् । दुबै खड्का राहत दरबन्दीका शिक्षिका हुन् । उता शिक्षा कार्यालयले उक्त विद्यालयको विवाद समाधान नभएसम्मका लागि नियमित पठनपाठनका लागि दुई जना स्थायी शिक्षकलाई दरबन्दी सहित पठाएको भएपनि अभिभावकहरुले पाँच महिनादेखी हाजिर हुन दिएका छैनन् । उनिहरु पनि उक्त विद्यालयमा दैनीक जाने आउने गरीरहेका छन् । 
शिक्षा कार्यालयले खटाएका शिक्षकहरुलाई विद्यालयमा हाजिर गराउन अभिभावकहरु राजी भएपनि केहीले विद्यालयको विवाद नमिलेसम्म हाजिर हुन नदिने अडान लिएपछि रोकीएको विद्यालय निरिक्षक नवराज बरालको भनाई छ । 


,

0 comments

Write Down Your Responses