Powered by Blogger.
वीपी राजमार्गमा दैनीक १० हजार सवारी चाप

सिन्धुली, १ कात्तिक । राजधानी काठमाडौबाट पुर्वी नेपालका विभिन्न् जिल्ला तथा तराईका जिल्लासँग जोड्ने वैकल्पीक राजमार्गको रुपमा स्थापित वीपी राजमार्गमा दशैसँगै सवारी चापमा बृद्धि भएको छ । 
दशैको समयमा ठुला यात्रु बाहक गाडि, हायस, बोलेरो, निजी कार तथा मोटरसाइकल सहित सडकमा दैनिक १० हजार भन्दा बढी सवारी साधन ओहोर दोहोर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
यति ठुलो संख्यामा सवारी आवत जावत भएपनि सडक दुर्घटनाको अवस्था भने सुन्य जस्तै रहेको छ । असोज महिना भरिमा एउँटा सडक दुर्घटना भएको र दुर्घटनामा परी एक बालकको ज्यान गएको बताइएको छ । ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक चन्द्र कुमार श्रेष्ठले भने, ‘सडकको अवस्था र सवारी चाप अनुसार दुर्घटनाको अवस्था सुन्य नै हो । खासै ठुला दुर्घटना भएका छैनन् ।’ 
त्यस्तै असोज महिना भरि मात्र १३ सय सवारी साधन कार्वाहीमा परेका छन । तिब्र गतिमा सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीको कार्वाहीबाट ९ लाख १३ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
२० वर्ष अघिबाट निर्माण शुरु भएको वीपी राजमार्ग अन्तरगत बर्दिबास–सिन्धुली–धुलिखेल सम्म १ सय ६० किलोमिटर सडक चार चरणमा निर्माण पुरा भएपछि राजधानी बाट पूर्वी तराईको घन्टौं लामो यात्रा छोटिएको छ । दशैको अवसरमा छोटो यात्रा गर्नेहरुको यसपालि निक्कै भिडभाड बढेको हो । 
काठमाडौंबाट धादिङ, चितवन हुँदै पूर्वी तराई निस्कन कम्तिमा ७ घण्टा लाग्ने गरेकोमा यो राजमार्ग खुलेपछि काठमाडौंबाट काभ्रेको धुलिखेल हुँदै सिन्धुलीमाडी निस्केर महोत्तरीको बर्दिबाससम्मको १ सय ५८ किलोमिटरको दुरी ४ घण्टामै पार गर्न सकिने भएपछि सवैको आकर्षण यो राजमार्गको यात्रामा बढ्दै गएको छ । 
वीपी राजमार्गले जनकपुर अञ्चलका सबै जिल्ला तथा मेची, कोसी र सगरमाथा अञ्चलका राजविराज, विराटनगर, सुनसरी, झापा, इलाम लगायतका पूर्वी जिल्लाबाट सञ्चालन हुने यातायातका साधनलाई काठमाडौंंसम्म जान उपयोगी भएको छ । 
राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लालाई सडक सञ्जालभित्र जोडेको छ ।


, ,

0 comments

Write Down Your Responses