Powered by Blogger.
युवायुवतीहरुमा बढ्दो अमेरिका मोह



विद्यार्थी देखी  बुुढावुढी सम्मको नजर इडिभीमा

सिन्धुली, १ कात्तिक । सुन्दै सबैको जिब्रो पड्किन्छ झन् जान र बस्न त कसलाई पो मन हुँदैन, देशै त अमेरिका किन नहोस् त हतार । मुलुक यतिबेला राजनीतिक अस्थीरताले घेरिएको छ, त्यसमा पनि बेरोजगार युवायुवतीहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको अवस्था छ ।
यतीबेला विद्यार्थी देखी, शिक्षक कर्मचारी र घरका बुढावुढी सम्मको नजर सोझै अमेरीका तर्फ परेको छ । यसै सन्दर्भ अन्र्तगत सिन्धुलीमा अमेरिका जाने गतिलो माध्यम बनेको इडिभिको चिट्ठा फर्म भर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । सिन्धुलीमाढी बजारमा खोलिएको कम्युनिकेसन, कम्प्युटर इन्स्टिच्युट तथा साइवरहरुमा यतिबेला इडिभी फर्म भर्नेहरुको जमात बढ्दै गएको पाइन्छ ।
अमेरीका जान पाईने आशामा सिन्धुलीमाढी बजारमा आएर इडिभिको फर्म भर्नेहरुको जमात बढेको सजिलै देख्न सकिन्छ । गाउँका स्थानीयहरु १ दिननै खर्च गरेर सिन्धुलीमाढी बजारका विभिनन् इन्सच्युटमा आएर फर्म भर्ने गरेका छन । 
इडिभीको फर्म भर्न उनीमात्र होइन सरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक लगायत केही हजुर आमा उमेरका पनि आउने गरेको सिन्धुली कम्प्युटर वर्क र एण्ड सप्लायर्सका सञ्चालक उद्धब श्रेष्ठले बताए । विगतका वर्षभन्दा यो वर्ष इडिभिको फर्म भर्नेहरु उल्लेखनीय रुपमा बढेको समेत उनले बताए ।
सामान्य लेखापढी देखी लिएर डिग्रीसम्म अध्ययन गरेकाहरु लगायत जो कोहीलाई पनि इडिभी परेमा सजिलै अमेरीका गएर उतैको नागरीक बन्न पाउने हुँदा पनि उक्त इडिभिमा आर्कषण बढ्दै गएको हो । 


,

0 comments

Write Down Your Responses