Powered by Blogger.
बाँसबाट तयार वस्तुको बजार बढ्दो


सिन्धुली १७, असोज ।  जिल्लामा बाँसबाट तयार भएका वस्तुको बजार बढ्दो अवस्थामा रहेको पाइएको छ । बाँसबाट बनाइएका डोको, डालो नाङ्लो, थुन्से, भकारी, मान्द्रो, घुम, चाल्ने लगायतका सामानको माग बजारमा बढ्दै गएको छ । 
चोयाबाँस र मालबाँसको चोया खिपेर निकाले पछि तयार हुने डोको, डालो, नाङ्लो, भकारी, मान्द्रो आदि तयार गर्ने पनि अहिले व्यावसायिक पेसा बनिसकेको छ । हप्ता भरि तयारी गरिएका यी वस्तु सनिबारको हाट बजारमा विक्रि गर्न ल्याउने गरिएको छ । गाउँघरमा तयार हुने यी बाँसका सामान सहर बजारमा ल्याएर विक्रि गर्न गाउँका किसान सक्रिय हुन थालेका छन् ।
विशेष गरेर तामाङ्ग समुदायका मानिसले जिल्ला उत्तरी भेग तिनकन्या, रानिचुरी, पुरानो झाँगाझोली, अमले लगायतका स्थानमा बढी मानिसले चोया तयार पारेर डोको, डालो, नाङ्लो थुन्से, मान्द्रो लगायतका अत्यावश्यक सामान तयार गर्दै आएका छन् ।
जिल्ला कारागारमा मुडा बनाउने बाहेकका अरु असङ्गठित रुपमा गाउँघरमा पनि मुडा बनाएर बिक्री गर्नेबाट ल्याएर सहरतिर पसल नै थापेर कारोबार गर्ने क्रम पनि बढ्दै गएको छ । घरायसी प्रयोजनसँगै विवाह बटुल, धार्मिक पूजापाठमा पनि बाँसजन्य वस्तुको प्रयोग बढिरहेको छ । गर्मीमा हावा लगाउन समेत बाँसकै चोयाबाट तयार पारेको पंखाको प्रयोग हुने गरेको छ ।
बाँसबाट उत्पादन हुने नाङ्लो डालो आदिको रु १०० देखि रु ५०० सम्ममा कारोबार  हुने गरेको व्यवसायी किसानहरु बताउछन । अझ विभिनन् संघ संस्थाहरुले गाउँका किसानहरुलाई व्यवसायीक हिसाबले बाँसका सामानहरु बनाउन तालिम प्रदान गरेपछि यस्को प्रयोग र निर्माणले तिब्रता पाउँदै गएको जिल्ला लघु उद्यमी संघकी कार्यक्रम संयोजक शुसीला कार्की बताउँछीन् । 
जिल्लामा हाल दुई सय बढी व्यवासायीहरु बाँस निगालोका हस्तकला उत्पादनमा सक्रिय छन् । ‘उनिहरुले बाँस निगालोबाट मात्रै महिनामा ५ लाख रुपैयाँ बढीको आम्दानी गर्ने गरेको छन्,’ कार्कीले  भनिन् ।
यस्ता ब्यावसायीहरुलाई संघले तालिम, सामाग्री तथा मेसीन लगायतको अनुदान समेत सहयोग गरेको छ । कतिपयले यस्तो ब्यावसायबाट परिवारको गुजरानै चलाउँदै आएका छन् ।
डोको डालो बुनेर नै विगत दुई दशकदेखी परिवारको गुजार चलाउँदै आएका मझुवा  ६ का ब्यावसायी खड्गबहादुर मगर बताउँछन् । उनले भने, ‘बाँस निगोलको डोका, मुडा लगायतका सामाग्री उत्पादन गरेर विक्री गर्दा बर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी लिने गरेको छु । त्यसैले घर ब्यावहार चलाउन सहयोग मिलेको छ ।’ 
कच्चा पदार्थमा लगानी धेरै नहुँने भएकाले बाँसबाट उत्पादीत बस्तुको विक्रीबाट राम्रो आम्दानी गर्न सहयोग पुगेको उनको भनाई छ । 


, ,

0 comments

Write Down Your Responses