Powered by Blogger.
एक सय ३७ सहकारी कारबाहीमा



सिन्धुली १७, असोज । सकारी डिभिजन कार्यालय धनुषाले सिन्धुली, महोत्तरी र धनुषाका विभिन्न १ सय ३७ वटा सहकारी संस्थाहरुमाथी कारबाही थालेको छ । दश वटाको दर्ता नै खारेजी गरेको छ ।
 सिन्धुलीका मात्र  २० वटा सहकारी संस्था छन् । सहकारी ऐन अनुसार नचलेका र डिभिजन कार्यालयको निर्देशन पालना नगर्ने सहकारीहरुमाथी कारबाही थालिएको डिभिजन कार्यालयले जनायो ।
समयमा लेखापरिक्षण नगर्ने, लेखापरिक्षण गर्दा लेखापरिक्षक नियुक्त नगर्ने, आर्थीक हिनामिना गर्ने सहकारी संस्थाहरुलाई दर्ता खारेजीसम्मको कारबाही थालिएको डिभिजन कार्यालयका प्रमुख रविन्द्रप्रसाद यादवले बताए । 
उनले भने, ‘तिन जिल्लाको गरी एक सय ३७ वटा सहकारीहरु कारबाहीमा परेका छन् । जस मध्ये दश वटाको दर्तानै खारेज गरिसकिएको छ । बाँकी पनि छानविनमा भएकाले दर्ता खारेजी हुन समेत सक्छ ।’ 
सिन्धुली जिल्लाबाट दर्ता भएका ४ सय ८६ वटा सहकारीहरु मध्ये २० वटा सहकारी संस्थाहरु कारबाहीमा परेको बताइएको छ ।
डिभिजन कार्यालयको कर्य क्षेत्रभित्र पर्ने तिनवटा जिल्लाका सहकारी संस्थाहरुको अनुगमनका क्रममा कमजोरी भएको पाइएकालाई सचेत गराइएको र सचेत गराउँदा समेत अटेर गर्नेलाई कारबाही थालिएको उनको भनाई छ । पछिल्लो समय सहकारी संस्थाहरुमा मनोमानी चल्दै गएका बेला डिभिजन कार्यालयले कारबही थालेपछि सहकारी संचालकहरु त्रसिएका छन् । 
जिल्लाका रतनचुर, भिमस्थान र बेलघारी गाविसमा सञ्चालीत महिला सहकारी संस्थाहरुमा लाखौं रुपैयाँ अनियमितता भएको पाइएकाले त िसहकारीहरुमाथी पनि छानविन थालीएको उनले जनाए ।
‘ती तिन वटै गाविसमा सञ्चालीन महिला सहकारी संस्थामा ठुलोमात्रमा रकम हिनामिना भएको भन्दै उजुरी परेको छ । त्यस्ता उजुरी माथी कारबाही थालीएको छ,’ उनले भने ।
जिल्लामा सञ्चालीत सहकारी संस्थाहरुले उद्देश्य अनुकारको काम नगरी सहकारी ऐन विपरित चल्ने गरेको पाइएकाले उनिहरुलाई सच्चिने मौका दिएको पनि उनको भनाई छ ।
जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रमा सञ्चालन गरीएका कति पय सहकारी संस्थाहरु सरकारले दिने अनुदान लिनका लागि मात्र दर्ता हुने र अनुदान लिइ सकेकपछि निकृय हुने गरेको पाइएको पनि कार्यालयले जनयो ।


,

0 comments

Write Down Your Responses