Powered by Blogger.
चाडपर्व विषेश सुरक्षा रणनिति सार्वजनिक



राजन परियार
सिन्धुली १७, असोज । दशै, तिहार तथा छठपर्वलाई सुरक्षित र व्यवस्थीत गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिवार पत्रकार सम्मेलन गरी चाडपर्व विषेश सुरक्षा रणनिति सार्वजनिक गरेको छ । 
चाडपर्व अवधिभर जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरुसँग समन्वय गरी प्रहरीको व्यापक परिचालन गर्ने, आर्थिक कारोवार हुने वैंक तथा वित्तिय संस्थाहरुमा सादा पोसाकमा प्रहरीद्धारा निगरानी गर्ने, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा भएका पालो पहरोको अभिलेख राखी निजको चेकिंग तथा अनुगमन गर्ने, वजार क्षेत्रमा पिकेट डिउटी व्यवस्था गर्ने, सम्वन्धित प्रहरी कार्यालयद्धारा २४ सै घण्टा मोवाइल ड्युटी तथा मोटरसाइकलद्धारा प्रहरी गस्ती व्यवस्था गर्ने व्यवस्था गरिएको छ । 
त्यसैगरी कुनै घटना घटेमा कम्तीमा ५ जनाको टोली तयारी अवस्थामा राख्ने, चाडपर्वमा हुने धुम्रपान तथा मद्यपान न्युनिकरणको लागी अनिवार्य रुपमा घरदैलो कार्यक्रम गर्ने, तिव्र गतिवाट हुने सवारी दुर्घटना नियन्त्रणका लागी गतिमापन यन्त्र(राडर गन) को प्रयोग गरी न्युनिकरण गर्ने, टाइम कार्डको काडाईका साथ कार्यान्वयन गर्ने , स्थानिय रेडियो तथा पत्रिकावाट सुरक्षा सम्वन्धी सचेतनामुलक सन्देश प्रशारण गर्ने र स्थानिय स्तरमा केहि समस्या परेमा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल १००, ०४७–५२०१९९, ९८५४०९०१३३ तथा प्रहरी निरिक्षक निर्मल पनेरुलाइ ९८५१२८१४५८ र प्रहरी निरिक्षक सर्व श्री लाल वाहादुर सिंह ९८४१२८१९०१ मा सम्पर्क गर्न सकिने प्रहरी उपरिक्षक उमाशंकर पंजियारले वताए । 
साथै २०७३ वैशाख १ गतेवाट हालसम्म गरिएका सफलतापुर्वक काम, अपराध नियन्त्रण, रोकथाम र अनुसन्धान सम्वन्धि प्रगती विवरण पनि सार्वजनिक गरिएको थियो । 


0 comments

Write Down Your Responses