नगरपालिकाको विशेष परिषद सम्पनन्

सिन्धुली, २१ असोज । कमलामाई नगरपालिका सिन्धुलीले बिहिबार एक समारोह वीच विशेष परिषद सम्पनन् गरेको छ । विशेष परिषदको उदघाटन संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले गरेका हुन ।
कार्यकारी अधिकृत जगत प्रसाद भुषालको अध्यक्षतामा भएको समारोहमा विशेष अतिथी सांसद मोहन प्रसाद बराल, नेपाली काग्रेसका जिल्ला सभापति उज्जवल प्रसाद बराल, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक राजन दाहाल, प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विशेष नगर परीषदले आन्तरिक आय तर्फ १ करोड ९५ लाख ६५ हजार संशोधित आय प्रस्तुत गरेको छ भने चालु खर्च तर्फ १ करोड ४० लाख ३५ हजार रुपैयाँको संशोधित खर्च अनुमान गरेको छ । त्यस्तै नेपाल सरकारबाट नगरपालिका अनुदान तर्फ २ करोड ८९ लाख ९१ हजार प्रस्ताव गरिएकोमा ७ करोड ६१ लाख ४९ हजार अनुदानको अख्तीयारी प्राप्त भइसकेकाले उक्त रकम खर्च गर्न नयाँ कार्यक्रम बनाउन विशेष नगरपरिषदको आयोजना गरिएको बताइएको छ ।
0 comments
Write Down Your Responses