Powered by Blogger.
गरीबलाई दशैसँगै चिन्ता र ऋण बढ्यो

बुद्धकुमार आछामी
सिन्धुली, १९ असोज । दशै आउँछ जान्छ दशा नआओस, टिका लागाइन्छ खस्छ, भाग्य नखसोस । जमरा लगाइन्छ सुक्छ, खुसी नसुकोस । खसी ल्याइन्छ काटिन्छ, आयु नकाटियोस । पिङ खेलिन्छ चुडिन्छ, सम्बन्धको डोरी नचुडियोस । विजया दशमी नजिकिदै गर्दा सामाजिक सञ्जालमा मार्फत यो शुभकामनाको सन्देश वाड्नेहरुको कमी छैन । असाध्यै सरल र मार्मिक यी शब्दहरु मार्फत सन्देशमुलक शुभकामना बाडिरहेका छन सामाजिक सञ्जालका प्रयोगकर्ताहरु । बास्तममा भन्ने हो भने दशैसँगै खरिब नेपालीहरुलाई दशा पनि आएको छ । जिन्दगीका हरेक क्षण मजदुरी गरिरहेका मजदुरहरुलाई दशै दशा बन्ने गरेको छ । हुनेखानेहरुलाई दशै जति रमाईलो छ गरिबलाई भने दशैको आगमन सँगै चिन्ता र ऋण थपिएको छ । 
कमलामाई नगरपालिका ६ मा ज्यामि काम गर्दै आएका रानीचुरीका हर्क वहादुर श्रेष्ठ दशै कसरी मनाउनु भनेर चिन्तित छन् । महिनामा कहिले १० हजार नी कमाई हुन्छ, कहिले ५ हजार घर व्यवहार धान्ने प¥यो उनले न्याउरो अनुहार लगाएर भने । घरमा जग्गा जमिन छैन, यही कमाईवाट व्यवहार चलाउनुपर्छ अनि हामी जस्ता गरिवले कसरी दशै मनाउनु श्रेष्ठले वताए । घर जाँदा छोराछोरीलाई लुगा नलगे रुन्छन्, घरमा दशैको लागि चाहिने सामानहरु पनि लानुप¥यो उनले वताए । सवैको घरमा खसी काट्छन्, अरुको घरमा खसी देखेर छोराले फोन गरेर वावा दशैमा हाम्रो खसी कहिले ल्याउने भनेर सोध्यो, यस्तो अवस्थामा आँखावाट आँशु आउछ उनले भने । हामी गरिवहरुका लागि त दशै होईन दशा हो श्रेष्ठले वताए । 
पछिल्लो केहि बर्ष दशै अरुको देखासिखीमा मनाउने प्रवृति वढेको छ । आफ्नो आर्थिक अवस्थाले नधाने पनि ऋण लिएर भए पनि दशै मनाउने गर्दछन् । पछि कत्तिले आफुले लिएको ऋण तिर्न नसक्दा अरुको दास वन्नुपर्ने अवस्था पनि आउने गरेको । त्यसैले दशैलाई आफ्नो आर्थिक अवस्थाले धान्ने गरि मात्र मनाउन राम्रो हुने श्रेष्ठको वुझाई छ । नेपाली हिन्दुहरुको महान् पर्व दशैको समय जति नजिक हुँदैछ दशैका लागि पैसा जोहो गर्ने, किनमेल बढाउने क्रम पनि उत्तिकै बढ्दैछ । गाउँदेखि शहरसम्म जुवातास खेल्ने र जाडरक्सी खाने गरि भड्किलो तरिकाले दशै मनाउने विकृति बढेको छ । 
परम्परादेखि चलिआएको दशै देखासिखी भन्दा आफ्नो आर्थिक स्थितिले भ्याउनेगरी मनाउनुपर्ने कमलामाई नगरपालिका–६ का सुरेन्द्र श्रेष्ठ बताउछन । उनी भन्छिन दशै आफन्त भेटघाट गरेर आफ्नो जे छ त्यसैमा रमाएर मनाउनुपर्छ । नेपाली हिन्दुहरुको महान् पर्व दशै मनाउने क्रममा केही विकृति भित्रन  थालेको होकी भन्ने भान सवैमा हुन थालेको छ । दशैमा साथीभाई भेट भएपछि जुवातास खेल्ने र जाडरक्सी खाएर धेरै मानिसहरु दुर्घटनाको शिकार वन्ने गरेका समाचारहरु पनि वाक्लै सुनिन्छन् । दशै सभ्य तरीकाले मनाउनुपर्ने र देखासिखीमा लाग्न नहुने डुडभञ्ज्याङ्ग गाविसका सोमप्रसाद बरालको भनाई छ । कमलामाई नगरपालिका ६ का सुरेन्द्र श्रेष्ठ र डुडभञ्ज्याङ्गका सोमप्रसाद बरालले भनेजस्तै हरेकको मनमा रहेको छ, दशै भड्कीलो र खर्चीलो मनाउन हुन्न तर देखासिकीले मान्छेहरु त्यतै तानिदै गएका छन् । ऋण लिएर पनि नयाँ कुरा खानैपर्नेै र नयाँ लुगा लगाउनै पर्ने गलत प्रवृति देखिन थालेको छ । 
दशै हुने खानेको लागि भन्दा हुँदा खानेको लागि होकी जस्तो हुन थालेको छ हिजो आज । ऋण लिएर भएपनि हामी दशै मनाउन तल्लिन हुन्छौ र ऋण तिर्न नसक्दा अरुको दास वन्न पुग्छौ । ऋण लिएर तडक भडक गर्दै मनाउनु भन्दा घरमा जे जति छ त्यसैमा खुसी मानेर दशै मनाउनुपर्छ । 
दशै भनेको आफन्त, साथिभाई तथा शुभेच्छुकहरु आापसमा भेट भएर शुभकामना आदान प्रदान गर्दै ठूलावाट आशिर्वाद थाप्ने संस्कृति हो । त्यसैले अरुको देखासिखी नगरी सभ्य र गक्ष अनुसार मनाउनु नै सवैको भलाई देखिन्छ । घाटी हेरी हाड निलौ, तडग भडक कम गरौ, सभ्य समाजका लागि सँस्कृतिको जर्गेना गरौ । बर्षमा एकपटक आफन्त भेटघाट र सदभावको पर्वको रुपमा आउने दशै भब्य मनाएपनि सभ्य र कम खर्चिलो हुनेगरि मनाउन अभियान नै चलाउनु जरुरी देखिन्छ ।


,

0 comments

Write Down Your Responses