Powered by Blogger.
सिन्धुलीमा स्थानीय निकाय पुर्नसंरचनाको विरोध

राजन गाउँले
सिन्धुली २९, कात्तिक । स्थानीय निकाय पुर्नसंरचना समितिले जिल्लालाई दुई नगरपालिका सहित ८ गाउँपालिकामा विभाजन गर्न सिफारीस गरेपछि जिल्लामा विरोध सुरु भएको छ । 
आफ्नो गाविस निर्धारीत गाउँपालिकामा राख्दा केन्द्र र दुरीका हिसावले अपाएक परेको भन्दै जिल्लामा विरोध सुरु भएको हो । दुई दिन अघि स्थानीय निकाय पुर्नसंरचना समितिले जिल्लालाई दुई नगरपालिका सहित ८ गाउँपालिकामा विभाजन गर्न सिफारीस गरेपछि जिल्लाको बासेस्वर, भुवनेस्वरी र वितिजोर गाविसका स्थानीयहरु आन्दोलनमा निक्लेका हुन् । 
बासेस्वर, भुवनेस्वरी र वितिजोर तिनै गाविसका स्थानीय राजनीतिक दलहरु सहितको विरोध जुलुसले सोमबार दिउसो मध्यपहाडी लोकमार्ग नै अबरोध गरेका छन् । उनिहरुले  बासेस्वर, भुवनेस्वरी र वितिजोर गाविसलाई प्रस्तावित सुनकोसी र फिक्कल गाउँपालिकामा समावेस गरेको भन्दै विरोध गरेको स्थानीय तथा नेपाली कांग्रेस क्षेत्रीय सदस्य खेमबहादुर कार्कीले बताए । 
बासेस्वर गाविसलाइ सुनकोसी गाउँपालिकामा समाबेस गर्दा अपाएको परेको उनको भनाई छ । यस्तै भुवनेस्वरी र वितिजोरलाई फिक्कलमा मिसाउँदा केन्द्र र समन्वयका हिसावले समस्या भएको स्थानीय दौलत कार्कीको भनाई छ । उनले भने, ‘प्रस्तावित गाउँ पालिकामा हामीलाई असुविधा भयो यो हामी मान्न तयार छैनौं । हाम्रो गाविसलाई त्यहाँबाट हटाएर बालाजोर गाविसमा मिसाएर छुट्टै गाउँपालिका बनाइयोस् ।’
आफ्ना मागहरु सम्बोधन नभए कडा आन्दोलनमा उत्रने आन्दोलनका सहभागि स्वास्तीराम थापा बताउँछन् । गाउँपालिकाको नाममा स्थानीयमा फेरी द्धन्द्ध निम्त्याउने काम भएको भन्दै पिडितहरुले स्थानीयको सुझावका आधारमा सिमांकन गरिनु पर्ने अर्का स्थानीय अगुवा गौरव कार्कीको भनाई छ । 
आफ्ना मागहरुलाई व्यवस्था गरीए स्थानीय राजनीतिक दलहरुनै एक भएर विरोधमा उत्रने माओवादी केन्द्रका स्थानीय नेता केपी पोखरेलले चेतावनी दिए । उनिहरुले बासेस्वर, भुवनेस्वरी, वितिजोर, बालाजोर लगायतका गाविसहरुलाई समावेस गरेर छुट्टै गाउँ पालिका  बनाउन माग राखेका छन् । 
स्थानीय निकाय पुर्नसंरचना समितिले लामो समयसम्मको छलफल पछि साविक कमलामाई नगरपालिका र दुधौली नगरपालिका सहित ८ गाउँपालिका बनाउँन केन्द्रमा सिफारीस गरेको छ ।
स्थानीय निकाय पुर्नसंचना समितिका सदस्य सचिव तथा जिल्ला विकास समिति सिन्धुलीका प्रशासकिय अधिकृत मदनबहादुर थिङका अनुसार जिल्लाका पचास वटा गाविस र दुई वटा नगरपालिकालाई मिलाएर दुई नगरपालिका सहित आठ गाउँपालिका बनाउन सिफारीस गरिएको छ ।  
यसरी तय गरिएका अधिकांस गाउँ पालिकाको नामाकरण र सदरमुकाम क्षेत्र रहेन स्थानको पहिचामा भने दलहरुविचमा सहमति भइसकेको छैन्  । 


, ,

0 comments

Write Down Your Responses