Powered by Blogger.
गाडि आगजनी गर्ने विप्लव कार्यकता पक्राउ

सिन्धुली, २८ कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै आईतबार बिहान विपी राजमार्ग स्थित भद्रकाली–३ चियाबारीमा गाडि आगजनी गरी भाग्ने विप्लब माओवादीका एक कार्यकर्तालाई स्थानीयहरुको सहयोगमा प्रहरीले दिउसो नियन्त्रणमा लिएको छ । 
पक्राउ पर्नेमा विप्लब माओवादीका कार्यकर्ता पिपलमाढी–३ सिन्धुलीका तिर्थ मोक्तान रहेको प्रहरीले जनाएको छ । झण्डै एक दर्जनको समुहमा जम्मा भई गाडि आगजनी गर्ने अन्यहरुलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । स्थानीयवासीहरुको समेत सहयोगमा उनीहरुको खोजिकार्यमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी परीचालन गरिएको जनाइएको छ । 
आइतबार विहान बन्दको अवज्ञा गरेको भन्दै काठमाडौबाट सिराहा हिडेको स १ च ११४४ नम्बरको स्कारपिओमा आगजनी गरेका थिए । 




, ,

0 comments

Write Down Your Responses