Powered by Blogger.
‘दिन दुःखीका लागि भगवान सावित थापा’

राजन गाउँले
सिन्धुली २९, कात्तिक । गत शुक्रबार जिल्लाको जलकन्या गाविस—७ मा आगलागी हुँदा पाँच घर जलेर नष्ठ भए । भुकम्प पछि भग्नाबशेर घरमै दुःखसुखगरेर गुजरा चलाउँदै आएका पिडितहरुको घरभित्र भएका सबै सरसामाग्री जलेर स्वाहा भयो । उनिहरुलाई लागेको थियो एक पछि अर्को विपत्तिपनि गरीव र दुःखीलाई मात्र आइलाग्दो रहेछ । भुकम्प पछि झण्डै दुई वर्षको चिसो खुल्ला अस्थायी टहरोमा विताएका उनिहरुमा फेरी घर आगलागी भएपनि कात्तिकको चिसो विताउन बारीकै पाटामा पुग्न बाध्य भए । 
तर, त्यसको २४ घण्टा नवित्दै जव समाजसेवी उज्ज्वल विक्रम थापा पिडित सामु उपस्थित भए, तव पिडितहरुलाई लाग्यो दिन दुःखीका लागि साक्षात्कार भगवान उपस्थित हुनु भयो ।
आगलागी पिडित केदार देवकोटा, रमेस देवकोटा र चन्द्रमायाँ देवकोटाको जिवनमा यस्तै भएको हो । आगलागीबाट ३० लाख बढीको क्षेती हुँदा सुकुम्बासी सरह बनेका देवकोटा परिवारहरुलाई अस्थायी टहरा निर्माण गर्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा जस्तापाता बोकेर पिडितकहाँ पुगेका जिल्लाका युवा समाजसेवी थापालाई पिडितले भगवान सरहनै माने । 
‘आँखाभरी आँसुका बलिन्द्र धारा झार्दै चन्द्रमायाँ देवकोटाकाले भनिन्, गाँसबास सबै गुमेका अबस्थामा थापाले गर्नुभएको सहयोग अपार छ ।’ थापाले जलकन्याका आगलागी पिडित जस्तै गत बैशाखमा बाशेश्वर ६ को दलित वस्तिमा आगलागी हुँदा जलेर नष्ट भएका ४३ घरपरिवारलाई अस्थायी टहरा बनाएर खाद्यान्न, लत्ताकपडा लगायतको सामाग्री सहयोग गरेर उद्धार गरेका थिए । 
जन्मदा देखी मर्दासम्मका पिडामा सहयोग भएकै कारणपनि थापा समाज सेवीमात्र नभएर भगवानकै रुपमा सावित भएको पिडितहरु बताउँछन् । अस्पतालको उपचार खर्च तिर्न नसक्दा शब उठानै नदिएपछि बाँके मनिकापुर ४ की मृतक पार्वती विकको १७ हजार रुपचार खर्च व्यक्तिगत रुपमा तिर्ने देखी बच्चा जन्मदा उज्यालो र मर्दा (मृत्यू)का बेलामा घाट व्यवस्थापनामा समेत  थापाले सहयोग गरेका छन् ।  
‘गत भुकम्पसंगै उदाएका समाजसेवी थापाले भुकम्प पछि जिल्लामा निरन्तर भुकम्प पिडित, गरिव, दुःखी र विपत्तिमा परेकालाई व्यक्तिगत पहलमा करोडौंको सहयोग गर्दै आएका छन्,  भद्रकाली २ का गंगा जर्गामगरले भने, थापा दुःखी र पिडितका लागि भगवान नै सावित भएकका छन् ।’
  भुकम्प पिडितहरुलाईमात्र जिल्लामा २ सय ४३ वटा दुई दुईवटा कोठाको जस्तापाता सहितको व्यवस्थित अस्थायी टहरा निर्माण गरिदिएका छन् । सरकारले अस्थायी टहरा निर्माणका १५ हजार रुपैयाँका दरले टाठाबाठा भुकम्प पिडितलाई दिएपनि गरीव, एकल महिला, बृद्ध र रोगीहरुलाई छुटाएको भन्दै थापाले एक्लो प्रयासमा ४० लाख रुपैयाँबराबरको खर्चमा आफैले सहयोग जुटाएर अस्थायी टहरो बनाएर सहयोग गरेका थिए । 
यतीमात्र नभएर भुकम्प पछि आगलागी पिडितका लागि ४६ वटा अस्थायी टहरा निर्माण गरिदिएका छन् । भुकम्पका बेला अस्थायी टहरो बाहेक पाँच करोड रुपैयाँबडीको राहत सामाग्री व्यक्तिगत पहलमै संकलन गरेर जिल्लामा ल्याई जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत वितरण गरेका थापाले त्यस यता निरन्तर सहयोग गरि रहेका छन् । 
सिन्धुली पुनर्निर्माण तथा पुनस्थापना अभियानका रुपमा थापाले जिल्लाका पिडितहरुलाई सहयोग गर्दै आएका छन् । उनलाई स्थानीय सन्तोषकाजी थापा र इन्द्र भुजेलले सघाउँदै आएका छन् । कुनैपनि शिशु जन्मदा अध्याँरो देख्न नपरोस भन्दै थापाले व्यक्तिगत रुपमा जिल्लाको भुवनेश्वरी गाविस स्थित ग्वाल्टार बर्थीङ्ग सेन्टरलाई ५५ वटा सोलार वत्ती हस्तान्तरण गरेको स्थानीय गौरव कार्की बताउँछन् । ‘साँझ विहान डेलीभरी गाउँदा उज्यालोको प्रबन्ध मिलाउनै मुस्कील थियो तर, थापाको सहयोगले उज्यालो भएको छ । कुनै पनि शिशु अध्याँरोमा जन्मनु परेको छैन्,’ कार्कीले भने ।
जिवित मानिसले जती दुःख पाउँछन मरेपछि पनि दुःख हुन्छ भन्ने भाव बुझेका थापाले व्यक्तिगत रुपमानै झण्डै एक लाख पचास हजार रुपैयाँको सहयोगमा भद्रकाली गाविस २ स्थित आर्यघाट व्यवस्थापनमा सहयोग गरेका छन् । 

समाजसेवी थापा सम्मानीत

युवा समाजसेवीका रुपमा परिचित उज्ज्वलविक्रम थापालाई सिन्धुलीमा एक कार्यक्रमको अयोजना गरि सम्मान गरिएको छ । जिल्लाका भुकम्प पिडित तथा गरीव र विपन्नहरुका लागि सहयोग गरेको भन्दै भद्रकाली गाविस २ स्थित नयाँ चौतारी युवा कल्वले एक भव्य कार्यक्रमको आयोजना गरी थापालाई सम्मान गरेको हो । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापालाई राजनीतिक आस्थाभन्दा माथी उठेर जिल्लाका पिडितहरुलाई सहयोग गरेको भन्दै सम्मान गरीएको हो । सम्मान कार्यक्रममा बोल्दै थापाले आफ्नो सानो प्रयासबाट जिल्लामा सहयोग गरेको बताए । उनले भुकम्पले कुनै राजनीतिक दल विशेष नभनी सबैलाई पिडा दिएकाले आफुले राजनीतिलाई विर्सेर सहयोग गरेको बताए । थापाले जिल्लाको विकासका लागि केही महिना भित्रैमा लगानी महोत्सवको आयोजना गर्ने पनि जनाए । 
जिल्लाको पुनर्निर्माणका लागि राष्ट्रीय स्तरका व्यक्तिहरु ल्याएर काम गर्ने बताए । जिल्लालाई हड्ताल मुक्त जिल्ला बनाएर ठुला उद्योग तथा कलकारखानाको स्थापना गर्ने उनको योजना छ । उनको स्वर्गीय पिता डाक्टर मोहनविक्रम थापाको स्मृतीमा विपत्तिका वेला सहात वितरणमा सहज होस भनेर ‘मोहन विक्रम थापा स्मृती राहत संकलन तथा वितरण भवन’ निर्माण गरी त्यसभरी राहत सामाग्री भरेर सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको पनि उद्घघाेष गरे ।


,

0 comments

Write Down Your Responses