Powered by Blogger.
छुट्टै गाउँपालिका माग गर्दै स्थानीय आन्दोलित

सिन्धुली, ३ मंसिर । स्थानीय निकाय पुर्नसंरचना प्राविधिक समितिले जिल्लालाई २ नगरपालिका सहित ८ गाउँपालिका बनाउन सिफारिस गरेपछि त्यसको बिरोधमा स्थानीयहरुले आन्दोलन सुरु गरेका छन । 
तिनपाटन क्षेत्रलाई छुट्टै गाउँपालिका बनाउनु पर्ने माग सहित सुक्रबार स्थानीयहरु नाराबाजी सहित जिल्ला सदरमुकाम आएर पुर्नसंरचना समितिका संयोजक स्थानीय विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । 
एक साता अघि मात्र पुर्नसंरचना प्राविधिक समितिले बाहुनतिल्पुङ, तोश्रामखोला, आम्बोटे, बालाजोर, जरायोटार, लाम्पान्टार, महादेवडाँडा, भिमस्थान र बेलघारी गाविसलाई मिलाएर महाभारत गाउँपालिका बनाउन सिफारिस गरेको थियो । 
tinpatan fat
समितिले सिफारिस गरेको महाभारत गाउँपालिका वेपायक भएको भन्दै बेलघारी र भिमस्थान गाविसका स्थानीयहरुले बेलघारी, भिमस्थान, बालाजोर र जरायोटार गाविसलाई मिलाएर तिनपाटन गाउँपालिका बनाउन माग गरेका हुन । 
लामो छलफल पछि स्थानीय निकाय पुर्नसंरचना प्राविधिक समितिले जिल्लाका ५० गाविस र दुई नगरपालिकालाई ८ गाउँपालिका बनाउने सिफारिस गरेको थियो । समितिले गरेको सिफारिस भौगोलिक हिसाबले अवैज्ञानिक भएको भन्दै स्थानीयहरुले विरोध सुरु गरेका छन । प्राविधिक समितिले गरेको उक्त सिफारिसमा दलहरु बीच समेत सहमत बन्न सकेको थिएन । 



, ,

0 comments

Write Down Your Responses