Powered by Blogger.
वीपी राजमार्ग विस्तार आयोजना ‘भुकम्प पिडितले घर बनाउँन पाएनन्’

जग्गा किनबेचमा रोक, नगर क्षेत्रमा नक्सा पास समेत बन्द, स्थानीय चिन्तीत

राजन गाउँले
सिन्धुली ३, मंसिर । एसीयाकै नमुना सडकका रुपमा निर्माण गरिएको वीपी राजमार्ग विस्तार गर्ने हल्लाले जिल्लाका भुकम्प पिडितहरुले घर निर्माण गर्न पाएका छैनन् । 
विस्तारका लागि सडक खण्डको दायाँ बायाँ ६२ मिटर जग्गा अधिग्रहण गर्ने कुरा आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास निर्माणका लागि अनुदानको पहिलो किस्ता दिएपनि पिडितले घर बनाउन नपाएका हुन् । 
सडक आस पासका भुकम्प पिडितले घर निर्माणका लागि ५० हजार लिएपनि कमलामाई नगरपालिकाले सडक जग्गा अधिग्रहण गर्ने भन्दै घर निर्माणको अनुमति नै नदिएको पिडितहरुको भनाई छ । बनेपा बर्दिवास सडक आयोजनाले महोत्तरीको बर्दिवास देखी काभ्रेको बनेपा सम्मको १ सय ६० किलोमिटर खण्डका झण्डै ६ हजार पिडितहरुले घर निर्माण गर्न नपाएका हुन् । 
वीपी सडकले महोत्तरीको बर्दिवास देखी काभ्रेको बनेपा सम्मको १ सय ६० किलोमिटर खण्डको दायाँ  ३१ मिटर र वायाँ ३१ मिटर गरी जम्मा ६२ मिटर सार्वजनीक, निजी तथा सामुदायिक जग्गा अधिग्रहण गर्ने भनेको छ । तर, महोत्तरी, सिन्धुली र काभ्रे जिल्लाका गरी झण्डै ६ हजार भुकम्प पिडितहरु त्यही राजमार्गको दायाँबाँया ६२ मिटर भित्र बसोबास गर्दै आएका छन् । 
यस अघि उक्त सडकमा आयोजनाले सडकको केन्द्र विन्दुबाट दाँया बाँया १५÷१५ मिटर र सेटब्याकका लागि ६÷६ मिटर अधिग्रहण गरिएको थियो । त्यस बेला आयोजनाले सडकको १५ मिटर दायाँ वायाँका अधिग्रहण गरेका निजी घर जग्गाको मात्र मुआब्जा वितरण गरेको थियो । बाँकी आफ्नो निजी जमिनमा बनाइएका घरहरु २०७२ को भुकम्पले ध्वस्त भएको थियो । तिनै ध्वस्त घरहरु निर्माणका लागि सरकारले ५० हजार रुपैयाँ वितरण गरेपनि वीपी सडकको केन्द्र विन्दुबाट दाँया वाँया ६२ मिटर भित्र घर जग्गा भएकाहरुले घर निर्माणका लागि नगरपालिकाबाट स्विकृती नै नपाएको कमलामाई नगरपालिका ६ स्थानीय तथा सिन्धुली उद्योग वाणिज्य संघका महासचिव अर्जुन श्रेष्ठले गुनासो गरे । 
‘सरकारको अस्पष्ट नितिका कारण पिडितहरु झनै पिडित भएका छन्, उनले भने, ‘नगरपालिकाले त्यही सडक आसपासका जग्गाको लालपुर्जा र भत्केका घर हेरेर अनुदानको पहिलो किस्ताका लागि सिफारीस दिएको छ । तर, घर निर्माणका लागि जगहाल्न नपरपालिकाले नै रोक्छ ।’
श्रेष्ठका अनुसार सडकको निर्देशन भन्दै नगरपालिकाले पिडितको आवास निर्माणका लागि अनुमति रोक्दा ६ हजारबढी पिडित भएका छन् ।
घर निर्माणका लागि अनुदान पाएपनि नगरपालिकाले नक्सा पास नै नगरिदिँदा आफुले घरसम्म बनाउन नपाएको अर्की पिडित कमलामाई नगरपालिका ६ की शान्त पाख्रिनले बताइन् । उनले भनिन्, नगरपालिकाले भनेझै घरजग्गा अतिग्रहण गर्ने हो भने, तत्काल मुआब्जा दिनु प¥यो । हैन भने घर निर्माण गर्न पाउनु प¥यो । सर्वसाधारणलाई अन्यौलमा राख्न भएन् ।’
उक्त राजमार्ग महोत्तरी, सिन्धुली र काभ्रे जिल्ला भित्र पर्छ । सम्बन्धित जिल्लाका नगरपालिका र गाविसहरुलाई पत्राचार गर्दै सडकको केन्द्र विन्दुबाट २५ मिटर दायाँ र २५ मिटर बाँयाँ सडकका लागि र त्यसमा ६÷६ मिटर सेट ब्याकका लागि अधिग्रहण गर्न निर्देशन भएको कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगत भुषाले बताए ।
आयोजनाले गत चैत्र २६ गते कमलामाई नगरपालिका सिन्धुलीलाई पत्र लेखेर वीपी सडकको दयाँबाँयाँ ३१ मिटर क्षेत्रभित्र कुनै पनि घरजग्गा किनवेच र नयाँ भौतिक संरचना निर्माण गर्न रोक लगाउन भनेको समेत उनको भनाई छ । ‘निर्देशन अनुसार नगरपालिकाले सडक आसपासका घरजग्गाको किनबेच, नयाँ घर बनाउन नक्सा पास देखी अन्य भौतिक संरचना निर्माणमा रोक लगाइएको छ,’ उनले भने । अव थप अधिग्रहण गरीने निजी घरजग्गाको मुआब्जा दिने नदिने केही उल्लेख छैन् ।
उक्त सडकलाई २०५४ सालमै राजमार्गका रुपमा वर्गीकरण गरिएको थियो । २०५४ साउन २८ गते वीपी सडकलाई राजमार्गका रुपमा घोषणा गरीएको राजपत्रमा उल्लेख छ । भुषालले भने, ‘झण्डै १९ वर्षपछि राजपत्रमा जारी गरीएको सूचना र सडक वर्गाीकरण निर्देशीका अनुसार सडक आसपासको् जग्गा नियन्त्रण्का लागि आयोजनाले पत्रचार गरेको हो ।’
स्थानीयमा चिन्ता
बर्दीवास—बनेपा सडक आयोजनाले थप सडक अधिग्रहण गर्ने भनेपछि स्थानीय चिन्तीत भएका छन् । वीपी राजमार्ग दायाँबायाँका घरजग्गा धनीहरुले ३१÷३१ मिटरको हिसावले ६२ मिटर छाड्नु पर्ने भएपछि चिन्ता व्यक्त गरेका हुन् । सडकका छेउमा चार धुर पाँच धुर हुनेहरुको सबै घर जग्गानै सकिने भएपछि आफुहरु सुकुम्बासी बन्नु पर्ने अवस्था आएको उनिहरुको भनाई छ । आफुहरु पिडित हुने भन्दै उनिहरुले जग्गा अतिक्रण गर्दा उचित मुआब्जा दिनु पर्ने माग समेत गरेका छन् ।
अतिक्रमण गर्दा उचित मुआब्जा र विस्थापीतलाई उचित स्थानमा स्थानान्तरण गरे घर जग्गा छाड्न सकिने भएपनि अन्यथा आयोजनाको पत्रकै भरमा कुनै हालमा जग्गा अधिग्रहण गर्न नदिने स्थानीयले बताए । उता हेटौडा—गाइघाट—चतरा सडक पनि वीपी राजमार्गसंग जोडीएकाले त्यस आसपासमा समेत कति जग्गा अतिक्रमण हुने भन्नेमा नगरपालिका अन्यौलमा परेको छ । 


, ,

0 comments

Write Down Your Responses