Powered by Blogger.
सिन्धुलीमा सुरु भयो ‘प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना’

कार्यक्रम सञ्चालन हुने रतनचुरा गाविसको जुनार क्षेत्र । फाइल फोटो 
बुद्धकुमार आछामी 
सिन्धुली, १५ मंसीर । दिगो, आत्मनिर्भर तथा व्यवसायीक कृषिको विकास गर्न सरकारले सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा आफ्नो काम सुरु गरेको छ । परियोजनाले यसै साता जिल्ला कार्यान्वयन इकाइ कार्यालयको स्थापना गरी काम सुरु गरेको हो । 
परियोजना अन्र्तगत चालु आर्थिक वर्षमा रतनचुरा, बासेश्वर र तिनकन्या गाविसमा जुनार बालिको व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र(जोन) विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जुनार क्षेत्रको आधुनिकीकरण सँगै त्यसको विकासका लागी विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । यो क्षेत्र सिन्धुलीको जुनार क्षेत्रको रुपमा स्थापित छ । 
सरकारले सुरु गरेको २० वर्षे कृषि विकास रणनीति अन्र्तगत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न उन्नत कृषि सामाग्री र प्रविधिको प्रयोग, कृषि यात्रिकिरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षा समेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले १० वर्षे प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना सुरु गरेको परियोजना कार्यान्वयन इकाई(जोन जुनार) सिन्धुलीका बरिष्ठ कृषि अधिकृत ललन कुमार सिंहले जानकारी दिए ।




,

0 comments

Write Down Your Responses